मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

मिलन फाउण्डेसनद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

पुस ११, २०७८

पुस ११, २०७८
पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको मिलन फाउन्डेसन नेपालले पर्वतको मोदी गाउँपालिका–५ बाजुङको फलाल्नेमा रहेको सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो याममा विद्यार्थीहरुको दैनिकी पनि कठिन अवस्थामा व्यतित हुने भएका कारण विद्यालय समयमा उनीहरुको शरीरलाई न्यानो अवस्थामा राख्नको लागि फाउण्डेसनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ को आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको फाउण्डेसनकी कार्यवहाक अध्यक्ष देवी गुरुङले जानकारी दिईन । उनका अनुसार विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीहरुलाई टिसर्ट र ट्रयाकसुट हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोलेकाहरुले समाजसेवी गुरुङले एकल आर्थिक लगानीमा पर्वत सहित जिल्ला बाहिर पनि गर्दै आएको सहयोग प्रशंसनीय रहेको बताएका छन् । सरकारी तथा गैर सरकारी निकायबाट हुने गरेका सहयोग र लगानीका काम गुरुङले आफ्नै लगानीमा गर्दा विभिन्न समस्यामा परेर दुःखी जीवन बिताइरहेकाहरुलाई जीवनयापनमा सहज भएको वक्ताहरुको भनाई थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरा कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहयोगदाता दुर्गा गुरुङकी आमा साबित्री गुरुङ रहेकी थिईन् । विद्यालयकी शिक्षक लालु कुमारी क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका शिक्षक चन्द्रबहादुर क्षेत्रीले राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद शर्माले सहयोगदाता गुरुङले विद्यालयलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
फाउण्डेसनका सचिव मदन गुरुङ समेत उपस्थिति रहेको कार्यक्रममा शैक्षिक प्रतिष्ठानका अध्यक्ष मानबहादुर क्षेत्री र  फाउण्डेसनका सदस्य अमरबहादुर अधिकारीले पनि बोलेका थिए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive