बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

तमु ल्होसारले गुरुङ जातिको परम्परालाई उजागर गर्छ : मुख्यमन्त्री पोखरेल

पुस १५, २०७८

पुस १५, २०७८
पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहु धार्मिक, बहुभाषिक, बहु जातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन्।
गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठुलो पर्व तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले विविध समुदायले मनाउने पर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरेका छन्। नेपालको संविधान २०७२ को महत्त्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता रहेको भन्दै मुख्यमन्त्री पोखरेलले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्त्वको पक्षलाई उजागर गर्ने छ। सबै नेपालीबिच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु।’
गुरुङ समुदायको परम्परागत पात्रो अनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो। यस दिनमा आफन्त, कुल कुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ। नेपालमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ।
तमु ल्होसारका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive