बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मोदीवेणीमा सापकोटा परिवारले बनायो भवन

माघ २, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाको एक परिवारले निर्माण गरिदिएको भवन पवित्र तीर्थस्थल मोदीबेणी धाममा रहेको नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिलाई हस्तान्तरण गरिएको छ ।
गत २०६८ सालमा सञ्चालन गरिएको शालग्राम महायज्ञमा प्रमुख अतिथिको रुपमा रहेका मुडिकुवाका स्वर्गीय गौरीशंकर सापकोटाले प्रतिबद्धता गरेको भवनको निर्माण कार्य पूरा गरेर समितिका अध्यक्ष केशवदास बैरागीलाई हस्तान्तरण गरिएको हो । सुबिधा सम्पन्न चार कोठे भवनको निर्माण स्वर्गीय गौरीशंकरकी धर्मपत्नी साबित्रीदेवी सापकोटा तथा छोराहरु कृष्णप्रसाद सापकोटा, रामप्रसाद सापकोटा र जगत सापकोटाले स्व. गौरीशंकर तथा उनकी पत्नी स्वर्गीय मैनादेवी सापकोटाको स्मरण सहित निर्माण गरेका हुन् ।


झण्डै १७ लाखको लागतमा भवनको निर्मँण कार्य पूरा गरेपछि त्यसको सञ्चालन र व्यवस्थापनको लागि मन्दिर समितिलाई हस्तान्तरण गरिएको निर्माणमा जुटेका जगत सापकोटाले जानकारी दिए । ‘२०६८ सालमा लगाएको महायज्ञमा बुबाले यहाँ आउने तीर्थालु तथा ज्येष्ठ नागरिकहरुलाई सजिलो हुने गरी भवन निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो । बुबाको निधन भएको भए पनि हामी परिवार मिलेर उहाँको प्रतिबद्धता पूरा गरेका छौँ,’ उनले भने, ‘मानिसले जिवनमा केही न केही सामाजिक काम गर्न सकेन भने ईश्वरले पनि आशिर्वाद दिँदैनन् भन्ने लाग्छ । यो भवनले त्यहाँ बस्ने गरेका तीर्थालु र ज्येष्ठ नागरिकलाई सजिलो हुने छ ।’
भवनको दायित्व ग्रहण गर्दै नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास वैरागीले महायज्ञको बेलामा प्रतिबद्धता जनाए अनुसार नै भवनको निर्माण गरिदिएकोमा सापकोटा परिवारलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि पवित्र स्थलमा सहयकार्य गर्न अनुरोध गरे । मोदीबेणी धाममा बस्दै आएका तीर्थालुहरुलाई समिति एक्लैले मात्रै व्यवस्थापन गर्न कठिन हुने भएकाले विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा नै कामहरु गर्न सकिएको उनको भनाई छ ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive