बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

माघे संक्रान्तिको अवसर पारेर जेष्ठ नागरीक मैत्रि पार्कको शिलान्यास

पर्वत : पर्वत जिल्लाको धार्मिक एवम सास्कृतिक महत्व बोकेको कुश्मा नगरपालिका वाड नं. ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल मोदीवेणी धाममा माघे संक्रान्तिको अवसर पारेर जेष्ठ नागरीक मैत्रि पार्कको शिलान्यास गरिएको छ ।

कार्यक्रमको प्रमुुख अतिथि समेत रहनुभएका कुश्मा नगरपालिकाका उप मेरयर सिता काफ्ले लामिछानेले सो पार्कको शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास कार्य पश्चात बोल्दै लामिछानेले जुन सुकै ठाउँको बिकास,प्रर्बद्धन गर्न पनि पयर्टकको भुमिका अपरिहार्य रहेको बताउनुभयो । कुनै ठाउँको चर्चा परिचर्चा हुनको लागि त्यस ठाउँमा केहि न केही बस्तुहरु हुन जरुरी हुने भएको र त्यो मध्ये यो मोदि बेणी धाममा बिभिन्न विभिन्न सम्भावनाहरु रहेको काफ्लेको भनाई छ ।

यो प्रसिद्ध मोदिबेणी धाममा धर्म जुनसुकै मानेता पनि हरेक मानिसहरु एक आपसमा माया,ममता स्नेहका साथ यस क्षेत्रमा आउने भएकाले पनि यो धार्मिक स्थल महत्वपुणर् रहेको लामिछानेले बताउनुभयो । यस क्षेत्रलाई बिकास गर्न जुनसुकै बेला पनि नगरपालिका सधै साथमा रहेको उपमेयर काफ्लेले स्पष्ट पार्नुभयो ।

सो कार्यक्रमा सोही वाडका वाड अध्यक्ष चित्रकला भारती शर्मा, सामाजिक विकास कायालर्य प्रमुख मोहनचन्द्र सुवेदी, समिती सदस्य कृष्ण प्रसाद लम्सालले बोल्नु भएको थियो । पार्कको निर्माणको लागि करिव १३ लाख लाग्ने समितिले जनाएको छ । स्वागत खुमराज पराजुली ,अध्यक्षता केशव दास वैरागी साथै कार्यक्रमको संचाल समितीका सदस्य गोपाल दास बैरागीले गर्नुभएको कार्यक्रममा कालिगण्डकीमा स्नान गर्न आउने धेरै तिर्थालुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive