बिहिबार, मंसिर १५, २०७९
Thursday, December 1, 2022
spot_img

कास्की ट्राफिकले फेरि चलायो ‘तपाईँको मास्क खोई ?’ अभियान

माघ २, २०७८
पर्वत : कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङक्रमण बढेसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पुनः ‘तपाईँको मास्क खोई ?’ कार्यक्रमलाई निरन्तरता दिदै सवास्थ्य मापदण्ड चेकजाँचलाई कडाई गरेको छ ।
ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पुरा नगरी सवारी चलाउने चालक तथा उक्त सवारी साधन समेत नियण्त्रणमा लिएको छ । यसका साथै सिट क्षमता भन्दा बढि यात्रु बोकी चलाईने स्थानिय सार्वजनिक यातायात र सार्वजनिक सवारीमा सवार गर्दा तथा सार्वजनिक सेवा लिन आउदा कोभिड–१९ विरुद्दको खोप लागाएको कार्ड नलिने सेवाग्राही समेतलाई कारबाही सुरु गरिएको छ ।
स्वास्थ्य निर्देशनालयको निर्देशन बमोजिम मास्क, सेनिटाईजरको प्रयोग, भौतिक दुरी कायम लगायतका विषयमा चेकजाँच गरेको कास्की ट्रफिक प्रहरीले गत २ दिनमा मात्र १७ सय ५५ थान मास्क निःशुल्क र २ हजार २० प्रति स्वास्थ्य सम्बन्धी जनचेतनामुलक पर्चा समेत वितरण गरेको छ । यसका साथै कास्की ट्राफिकले स्वास्थ्य मापदण्ड उल्लङघन गरी यात्रु ओसापसार गर्ने २ सय २५ ओटा स्थानिय सार्वजनिक सवारी साधन र १ सय ४९ जना यात्रु लाई समेत कारबाही गरिसकेको छ ।
कास्की ट्राफिकले जिल्लाका विभिन्न २९ स्थानमा चेकपोष्ट स्थापना गरी २४ घण्टानै सवारी चेकजाँच गर्न सुरु गरेको छ ।

सम्वन्धित समाचार

प्रतिकृया थप्नुहोस्

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

भर्खरै

News Archive