पर्वत : पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं १४ आर्थरका दुई बिद्यालयका बिद्यार्थीहरुलाई सोमबार न्यानो कपडा बितरण गरिएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित पाङ धैरेनी माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी स्वस्थानी रिजालले आर्थरका शुभकल्याण आधारभूत र जनकल्याण आधारभुत बिद्यालयका बिद्यार्थीलाई उपहारको रुपमा न्यानो कपडा बितरण गर्नुभएको हो ।
रिजालले ब्यक्तिगत सहयोगमा शुभकल्याण आधारभूत बिद्यालय डाडाखर्कका २० जना र जनकल्याण आधारभूत बिद्यालय का १८ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । बिद्यालय ब्यबस्थपन समितिको तर्फबाट अनुरोध गरिएपछि बिद्यार्थीको आवश्यकताका आधारमा न्यानो कपडा बितरण गरिएको शुभकल्याण आधारभूत बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र गौतमले बताउनुभयो । बिधालय आउँदा पातलो कपडा लगाएर काप्दै आउने अतिबिपन्न परिवारका बिद्यार्थीहरु बिद्यालयले छनौट गरेको प्रअ गौतमले बताउनुभयो ।
चिसो मौसमका कारण बालबालिकालाई हुने प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समाजसेवी रिजालले बताउनुभयो। बिपन्न परिवारका बालबालिकालाई थोरै भएपनि यसले सहयोग पुग्ने बिश्वास लिएको उहाँले बताउनुभयो । पाङ धैरेनी माबिकी अध्यक्ष समेत रहेकी रिजालले वालबालिकालाई घरमा नै शिक्षा लिने वातावरण बनाउन अभिभावक संग आग्रह गर्दै घरपरिवार र बिद्यालयमा दिने वातावरणले नै उनीहरुको भविश्य निर्धारण हुने उहाँको भनाई थियो ।
न्यानो कपडा बितरण कार्यक्रममा कुस्मा नगरपालिका वडा नं १४ का निर्वाचित वडा सदस्य तथा नेकपा(एमाले) कुस्मा १४ वडा कमिटीका अध्यक्ष होमनाथ रिमाल, पञ्चकोशी माबिका प्रधानाध्यापक प्रकाश सापकोटा लगायतले बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेकोमा धन्यबाद दिनुभएको थियो । शुभकल्याण आधारभूत बिद्यालयमा भएको कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष मुना गुरुङ्ग र जनकल्याण आधारभुत बिद्यालयमा भएको कार्यक्रम बिब्यस अध्यक्ष कृष्णप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । रिजालले यस अघि मोदी गाउँपालिका वडा नं २ देउपुर टाँपुको जनआर्दश आधारभूत बिद्यालय र कुस्मा नगरपालिका वडा नं २ खुर्कोटको खाल्टा दलित बस्तीका बिद्यार्थीलाई पनि न्यानो कपडा बितरण गरिसक्नुभएको छ ।
समाप्त माघ १८
शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024