शनि, असार ७, २०८२
Sat, June 21, 2025

प्रधानमन्त्री देउवाद्वारा जेठ पहिलो साता हुने स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन

माघ १८, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ पहिलो साताभित्रै सम्पन्न हुने जानकारी दिंदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीसँग सोमबार भएको भेटमा देउवाले स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।

“प्रधानमन्त्रीज्यूले स्थानीय निर्वाचन जेठ पहिलो साताभित्र एकै चरणमा हुन्छ भन्नुभयो,” बानियाँले हिमालखबरसँग भने, “तत्काल चुनावको तयारी गर्न निर्देशन समेत दिनुभएको छ।”

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७४ मा निर्वाचित सबै स्थानीय जनप्रतिनिधिको पदावधि ५ जेठ २०७९ मा समाप्त हुँदै छ। संविधानले उनीहरूको पदावधि पाँच वर्ष हुने व्यवस्था गरेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive