मङ्ल, माघ २०, २०८२
Tue, February 3, 2026

पकुवाका बाढी पिडित पौडेललाई आर्थिक सहयोग

माघ १९, २०७८

सरिता पौडेल
माघ १९, २०७८
पर्वत : गत भदौमा आएको बाढीका कारण पिडित बनेका पर्वतको कुश्मा नगरपालिका – ११ पकुवाका एक जना पिडितलाई विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।
रोजगारीका लागि बेलायत लगायतका तेस्रो मुलुक सहित नेपालमै रहेका सहयोगी तथा जनप्रतिनिधिको समेत सहयोगमा पकुवा स्थित शिल्मीका मनिलाल पौडेललाई आर्थिक सहयोग गरिएको हो। स्थानीय समाजसेवी समुन्द्र पौडेलका अनुसार समाजसेवी ज्ञानु गुरुङको सक्रियतामा संकलन भएको एक लाख १३ हजार आठ सय ७० रुपैयाँ सोमबार पौडेललाई हस्तान्तरण गरिएको हो। उक्त रकम गुरुङ र पौडेलले नै संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
रकम हस्तान्तरण गर्दै सहयोग संकलनमा सक्रियता देखाएकी गुरुङले आँखा अगाडि देखिएको समस्यामा कोही पनि चुप लागेर बस्न नहुने बताउँदै समस्यामा रहेका परिवारहरुलाई सहयोग गर्न सबैमा अपिल गरिन्। बाढीका कारण धेरैका आँखामा आँसु देखिएको भए पनि सबैलाई सहयोग गर्न नसिकएको भए पनि कम्तीमा आफ्ना छिमेकमा रहेकाले मात्रै सघाउँदा पनि पिडितलाई थोरै भए पनि राहतको महसुस हुने बताइन्।
यस्तै समाजसेवी पौडेलले मनिलालको पिडालाई कम गर्न सक्दो आर्थिक सहयोग गरेका सबैप्रति आभार व्यक्त गर्दै अन्यलाई पनि सहयोग अभियानमा जुट्न अपिल गरे। जीवनमा कमाईको केही हिस्सा सामाजिक काममा लगाउँदा मोक्ष मिल्ने भन्दै उनले बाढीका कारण घरबार बिहीन अवस्थामा रहेकालाई सहयोग गर्नु सह्रानिय काम भएको उल्लेख गरे।
सहयोग रकम बुझेका मनिलाले स्वदेश तथा विदेशमा रहेकाहरुले आफ्नो पिडा कम गराउन गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। राज्यका निकायले गर्नुपर्ने काम भए पनि राज्य भन्दा पहिले नागरिकले गरेको सहयोग प्रशंसनीय रहेको उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive