बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

अबैध काठ सहित एक जना पक्राउ

माघ २१, २०७८

सरिता पौडेल
माघ २१, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध काठ सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको जलजला गाउँपालिका–२ साममारे बस्ने ४० वर्षिय अर्जुनबहादुर विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत माघ १८ गते विश्वकर्मालाई काठ सहित पक्राउ गरिएको हो। बिश्वकर्माले आफ्नो घरबाट अन्दाजी एक सय मिटर पश्चिमतर्फ रहेको टहरोमा अबैध रुपमा सल्ला जातको चिरान काठ भण्डारण गरी राखेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा खटीएको प्रहरी टोलीले काठ बरामद गरेको हो।
खानतलासी गर्दा उक्त टहराबाट दुई सय ९२ ओटा सल्लाको चिरान काठ भेटिएका थिए।
यस्तै जलजला गाउपालिका–१ मा रहेको देउराली सामुदायीक वनबाट पनि ठिग्रे सल्लाको चिरान गरेको काठ बरामद भएको छ। वेवारिसे अवस्थामा थुपारी राखेको सुचनाको आधारमा उक्त स्थानमा गई चेकजाँच गर्दा काठ आफ्नो दाबी गर्ने कोही नआएपछि थुपारी राखेको एक सय ७७ थान ठिग्रे सल्लाको काठ बरामद गरीएको हो।
दुबै स्थानबाट बरामद गरिएको काठ तथा आरोपित अर्जुन बहादुर विश्वकर्मालाई बिहीबार अनुसन्धान एवं कारवाहीको लागी डिभिजन बन कार्यालय पर्वतमा बुझाईएको छ। डिभिजन बन कार्यालय पर्वत मार्फत पर्बत जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्वत प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive