मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : आठको मृत्यु‚ पाँच घाइते

माघ २२, २०७८

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ।

नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लगिँदै गरेको प्रहरीले बताएको छ।

जीप आज बिहान ३ बजे अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

thahakhabar

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive