मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै‚ आजदेखि मौसम सुधार हुने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तर‚ बिहीवारदेखि लगातार वर्षा र हिमपात गराएको पश्चिमी न्यून चापीय प्रणाली आजदेखि भने कमजोर हुँदै जाने र मौसममा सुधार हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

मानन्धरले शनिवा बिहान प्रदेश १‚ बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातसमेत भइरहेको छ। दिउँसो मधेश तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू-भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ।

यसअघि परेको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएको छ। अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ। जनजीवन प्रभावित भए पनि हिउँदे वर्षा र हिउँका कारण किसान भने खुशी भएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive