बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

‘डिस्टोनिया’ भएका दिपेशलाई हङकङवासी नेपालीको सहयोग

माघ २४, २०७८
पर्वत : स्नायुप्रणाली सम्बन्धि रोग (डिस्टोनिया) बाट ग्रसित पर्वतको मोदी गाउँपालिकाका एक किशोरको उपचारमा सघाउन हङकङमा रहँदै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
मोदी गाउँपालिका–८ चित्रेको नेपाने घर भई हाल मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएका २१ वर्षिय दिपेश गुरुङको उपचार भारतमा लगेर गर्नुपर्ने अवस्था आएपछि परिवारले उनको जीवनरक्षा गर्नका लागि आर्थिक सहयोगको अनुरोध गरेसँगै हङकङमा बस्दै आएका पर्वत सहित अन्य जिल्लाका नेपालीहरुलाई अनुरोध गरेर ८० हजार पाँच सय रुपैयाँ सङ्कलन गरिएको थियो ।
डिमुवाका समाजसेवी जयप्रकाश गुरुङका अनुसार हङकङमा रहेकी जगन गुरुङको सक्रियतामा उक्त रकम सङ्कलन गरिएको थियो । उक्त रकम सामाजिक संस्था मिलन फाउण्डेसनकी सल्लाहकार कुश्मा नगरपालिका–३ दुर्लुङ निवासी धनमाया गुरुङ, फाण्डेसनकी कार्यवहाक अध्यक्ष देवी कुमारी गुरुङ, फाउण्डेसनका सदस्य जयप्रकाश गुरुङ, अन्य समाजसेवीहरु बिजय गुरुङ, आयुस गुरुङ, रजनी गुरुङ सहित नेपाली कांग्रेस निकट नेपाल महिला संघ मोदी गाउँपालिकाकी सभापति बिमला बस्नेत र नेपाल रेडक्रस सोसाइटी पर्बत देउपुर तिलाहर राम्जा चित्रे शाखा सभापति दिपेन्द्र जङ्ग लामिछाने सहितको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो ।
समाजसेवी जयप्रकाश गुरुङका अनुसार दिपेश १२ वर्षको हुँदा स्वास्थ्य सम्बन्धि समस्या देखा परेको थियो । लगत्तै पोखरा र काठमाण्डौका विभिन्न अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराउँदा नशा सम्बन्धि समस्या रहेको चिकित्सकहरुले बताएका थिए । नशा सम्बन्धि रोगको उपचार गरिरहँदा समेत स्वास्थ्य अवस्था जटील बन्दै गएपछि थप परीक्षण गर्दा करिब पाँच महिना अगाडि मात्रै दिपेशमा डिस्टोनिया रोग रहेको पत्ता लागेको हो ।
उनको उपचार र त्यससँग सम्बन्धित औषधिहरु नेपालमा सहजै नपाइने भएका कारण नेपालका चिकित्सकहरुले दिपेशलाई भारतमा लगेर उपचार गराउन सल्लाह दिएका छन् । नौ वर्षसम्म उनको उपचारमा करिब २० लाख जति खर्च भइसकेको बताउँदै समाजसेवी गुरुङले अब भारतमा लैजाँदा पनि करिब ३० लाख खर्च लाग्ने भएकोले अरुको सहयोगबिना दिपेशको उपचार गर्न सकिने अवस्था नरहेकोले सहयोगको अनुरोध गरे ।
घरको आर्थिक अवस्था कमजोर रहेका कारण परिवारले मात्रै आर्थिक भार थाम्न सक्ने अवस्था छैन । दिपेशका बुवा रोजगारीको शिलशिलामा साउदी अरब पुगेका थिए । तर उनमा पनि स्वास्थ्य समस्या देखिएपछि केही वर्षअघि नै उनी नेपाल फर्किए। विदेशमा जम्मा गरेको केही रकम पनि दिपेशकै उपचारमा खर्च भइसकेको छ । जीविका चलाउनको लागि डिमुवामा नै सामान्य खाजा पसल गर्दै आएको भए पनि त्यसको उपार्जनले दिपेशको उपचार सम्भव नभएको गुरुङको भनाई छ ।

 

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive