बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

बाग्लुङको दमेकमा गोठमा आगलागी

माघ २४, २०७८

लक्ष्मण बिसि

पर्वत २४ माघ २०७८ बाग्लुङको जैमिनी नगरपालिका वडा नं.३ नौला दमेक गाजाको दह स्थित रुद्र बहादुर छन्त्यालको गोठमा आगलागी भएको छ ।

आइतबार राती भएको आगामीमा परेर बस्तुभाउको मृत्यु भएपनि मानवीय क्षति भने नभएको वडा सदस्य भैर बहादुर छन्त्यालले जानकारी दिनुभएको छ । आगलागी परेर १ बाख्रा र ६ वटा कुखुरा जलेका छन भने एउटा पाडो सख्त घाइते भएको उहाँले बताउनुभयो । गोठमा रहेका २ वटा भैंसीलाई भने बचाउन सफल भएको उहाँको भनाइ छ । आगलागीमा परेर नल पराल र घासपात नस्ट भएको छन्त्यालले बताउनुभयो ।

हिउँ परेका बेला बस्तुभाउलाई न्यानो बनाउन गोठमा आगो बाल्दा आगलागी भएको बताइएको छ । जैमिनी नगरपालिकालाई घटनाको बारेमा जानकारी गराएको र आगलागी पीडितलाई सहयोगको पहल गरिएको वडा सदस्य छन्त्यालले जानकारी दिनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive