बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

गण्डकीमा थप चार कोरोना सङ्क्रमितको मृत्यु (जिल्ला र पालिका सहित)

माघ २४, २०७८
पर्वत : कोभिड–१९ सङ्क्रमण रहेको अवस्थामा गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ। यो सँगै गण्डकीमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक हजार चार सय ८८ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो पटक कास्कीका दुई जना तथा लमजुङ र स्याङ्जाका एक÷एक जना रहेका छन्।
मृत्यु हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–८ का ८० वर्षिय पुरुष रहेका छन्। गत माघ २० गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको गत माघ २२ गते उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ती पुरुषमा निमोनियाको समेत सङ्क्रमण रहेको थियो।
यस्तै कास्कीको पोखरा महानगरपालिका–१५ की ५३ वर्षिया महिलाको पनि उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। कोभिड निमोनियाको समेत समस्या रहेकी ती महिलामा पनि गत माघ २० मा नै सङ्क्रमणको पुष्टि भएकोमा माघ २२ मा मृत्यु भएको हो। पोखरा महानगरपालिका–३ का ९४ वर्षिय पुरुषको पनि उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै मृत्यु भएको हो। गत माघ १५ मा सङ्क्रमणको पुष्टि भएका ती पुरुषको माघ २३ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। स्वास्थ्यकर्मीहरूका अनुसार ती पुरुषमा पनि निमोनियाको सङ्क्रमण रहेको थियो।
मृत्यु हुने चौथोमा लमजुङको बेसीशहर नगरपालिका–११ की ८१ वर्षिया महिला रहेकी छिन्। माघ २३ मा सङ्क्रमणको पुष्टि भएकी ती महिलाको उपचारको क्रममा माघ २४ मा जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive