शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

दुई ओटा नागरिकता बनाएको अरोपमा पकुवाका यूवक पक्राउ

फागुन ६, २०७८
पर्वत : नक्कली कागजातहरु बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक यूवालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्बतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षिय आशिष केसीलाई पक्राउ गरिएको हो। आरोपितले नेपाली नागरिकताको एउटा प्रमाणपत्र हुँदा हुँदै पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु संकलन गरी पुन अर्को नागरिकता प्रमाण पत्र लिएको पाइएको इन्सपेक्टर अधिकारीको भनाई छ।
उक्त दोस्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु उपर छानबिन गरी आवश्यक कारवाहीको लागि पठाईएको छ। जिल्ला प्रशासन कार्यालय पर्बतबाट शुक्रवार प्रहरीमा गएको पत्र अनुसार शुक्रवार नै केसीलाई नियन्त्रणमा लिइएको हो।
केसीका बिरुद्धमा लिखत सम्बन्धी कसुर “किर्ते गर्न नहुने“ मुद्धामा मुद्धा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्बत मार्फत पर्बत जिल्ला अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive