सरिता पौडेल
फागुन ८, २०७८
पर्वत : आइतबार दिउसो मौसममा खराबी आएसँगै पर्वतको जनजीवन पनि चिसोका कारण कष्टकर बनेको छ ।
मध्यान्हसम्म घाम लागेको भए पनि त्यसपछि मौसममा खराबी आउँदै जाँदा वर्षा सहितको हावा चलेपछि जीवीका कष्टकर बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै आइतबार राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाक्लो असिना पनि झरेको छ । जसले खाद्य बालीमा क्षती बनाएको छ ।
पर्वतका विभिन्न ठाउँमा बाक्लो असिना
फाल्गुन ८, २०७८





