आइतवार, माघ २७, २०८१
Sunday, February 9, 2025

रुखबाट खसेर थामबहादुरको मृत्यु

बेनी/ बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा रहेको पीपलको रुख काटछाँट गर्दा लडेर एकजनाको मृत्यु भएको छ । पीपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का थामबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । मृतक पुनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । जिल्लाको प्रशासनिक केन्द्र समेत रहेकाले सर्वसाधारणको धेरै चहलपहल हुने भएकाले रुखमा रहेका पुराना र भाँचिने अवस्थाका हाँगो काटछाँट गर्ने क्रममा अड्किएको मुढा पल्टाउँदा एक्कासी खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार मृतक पुनको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

dhorpatan

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive