बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

पर्वतमा काँग्रेसका विभिन्न तहको संयुक्त छलफल, पार्टी बलियो बनाउने सभापति जोशीको भनाई

फाल्गुन १२, २०७८
फागुन १२ पर्वत
नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’को आयोजनामा आज क्षेत्रीय कार्यसमिति,नगर कार्य समिति,गाउँ कार्य समिति र वडा कार्यसमितिको संयुक्त भेला पर्वतमा सम्पन्न भएको छ । भेलामा विभिन्न पदमा रहेका नेताहरुले काँग्रेसको संगठन मजवुत बनाउने सन्दर्भमा आफ्ना राय प्रस्तुत गरेका छन् ।
उनीहरुले भावी योजनाको बारेमा छलफल र अहिले सम्म भएका कार्यहरुको समिक्षा पनि गरेका छन् । सहभागीहरु लाई सम्बोधन गर्दै नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई देशको पहिलो पार्टी बनाउन भइ रहेको प्रयास प्रति खुसि हुँदै २०१५ सालमा पार्टीले प्राप्त गरेको बहुमत आफ्नो कार्यकालमा हासिल गराउने ठोकुवा गर्नुभयो । उहाँले १४ औं महाधिवेशनको आन्तरिक प्रतिस्पर्र्धाको प्रतिशोध कसैसँग पनि नरहेको स्मरण गर्दै जोशीले काँग्रेसमा सामूहिक निर्णय र अभियानको सुरुवात गर्ने गरि पार्टी अगाडी बढ्ने अठोट व्यक्त गर्नुभएको थियो । सभापति जोशीले भाषणमा भन्दा काममा ध्यान दिन पार्टीका नेताहरुलाई निर्देशन दिनुभयो भने सकरात्मक सोचको विकास गर्न सबैलाई अपील गर्नुभयो ।
नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ सभापति राजकुमार क्षेत्रीले भेलाको सहजिकरण गर्दै घरघरमा नेपाली काँग्रेस जिताउँ अभियान संचालनको मिती छिट्टै तय हुने बताउनुभयो । उहाँले हरेक गाउँमा काँग्रेसको मजवुत संगठन निर्माणका लागि आफु जुनसुकै त्याग गर्न तयार रहेको भन्दै पार्टीलाई योगदान दिने सबैले अवसर पनि पाउने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कुस्मा नगरपालिकाका सभापति किशोर भण्डारीले क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रम मा उठेका समस्याको निवारणलाई जिल्ला कार्यसमितिसँग सहकार्य गर्दै वडावडामा पुग्दै नगरकार्य समिति तत्कालैै समाधानमा जुट्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
भण्डारीले काँग्रेसका प्रत्यक संगठन लाई प्रशिक्षण मार्फत लोकतान्त्रिक स्कुलिङ गराउनुपर्ने भन्दै केन्द्रिय नेतृत्वका राम्रा कामको आत्मासाथ गर्न सुझाव दिनुभयो । उक्त कार्यक्रमका नेपाली काँग्रेस पर्वतका उपसभापतिद्धय डा.चुडामणी शर्मा, शिव सुवेदी,जिल्ला सचिव गुप्तनिधि शर्मा,सह सचिव तिलक भुषाल,नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला सभापति सुरेन्द्र के.सी, नेपाल महिला संघका जिल्ला सभापति मुना शर्मा लामिछाने सहित ३३ वटा वडाका सभापतिहरु, मोदी ,जलजला र कुस्मा नगरपालिका अन्तर्गत नेपाली काँग्रेसका भातृ संगठनका प्रतिनिधिहरुले सभामा आफ्नो सुझाव राख्नुभएको थियो । प्रदेश ‘क’ का सभापति राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको भेलाको संचालन प्रदेश सचिव केशव प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive