शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

गुप्तेश्वर क्याम्पसमा बिदाई कार्यक्रम

फाल्गुन १३, २०७८

फागुन १३, २०७८
पर्वत : पर्वतको कुश्मास्थीत गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहको व्यवस्थापन संकायतर्फका विद्यँर्थीहरुलाई बिदाई गरिएको छ । चार वर्षे व्यवस्थापन संकाय अन्तर्गत अन्तिम वर्षको परिक्षा सम्पन्न गरेका विद्यँर्थीहरुलाई बिहिबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसले हार्दिकताका साथ बिदाई गरेको हो ।
स्नातक तहमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई सामुहिक भेला गराएर क्याम्पसले चार वर्षसम्म क्याम्पसमा बिताएको समयलाई आगामी दिनमा पनि स्मरण गरेर क्याम्पसको विकास र बिस्तारका लागि योगदान गर्न क्याम्पसप्रमुख सुभाष पन्तले आग्रह गर्नुभयो । प्रमुख शर्माले गुप्तेश्वर क्याम्पसमा यसअघि अध्ययन गरेका विद्यार्थीहरुकै सहयोग र योगदानका कारण क्याम्पस यो अवस्थासम्म आइपुगेको स्मरण गर्दै बिदाई भएर जाँदैगरेका विद्यार्थीहरुलाई पनि क्याम्पसलाई कहिल्यै नबिर्सन आग्रह गर्नुभयो ।
विद्यार्थीहरुको तर्फबाट बोल्दै दिलिपकुमार यादव र पुजा अधिकारीले विश्वविद्यालयको शिक्षा लिने क्रममा गुप्तेश्वर क्याम्पसबाट सिकेका कुराहरुलाई आफुहरुले जीवनभर कहिल्यै नबिर्सने बताउनुभयो । साथै आगामी थप उच्च शिक्षाका लागि पनि गुप्तेश्वर क्याम्पसलाई नै सम्झिने उहाँहरुले बताउनुभयो । पर्वतमै पहिलोपटक स्नातकोत्तर तहको समेत कक्षा सञ्चालन भएकोले अन्तिम नतिजा सार्वजनिक हुने बित्तिकै गुप्तेश्वरमै अध्ययन गर्न आउने भएकोले यो बिदाई केहि समयको मात्रै भएको विद्यार्थीहरुले बताएका थिए ।
क्याम्पसप्रमुख सुभाष पन्तको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा सहायक क्याम्पस प्रमुख ओमकार गिरी, व्यवस्थापन संकायतर्फका बिभागिय प्रमुख दुर्गा पाण्डे, शिक्षा बिभाग प्रमुख बलराम रिजाल, गुप्तेश्वर क्याम्पसको प्राध्यापक संघका सभापति तोयानाथ उपाध्यायले विद्यार्थीहरुलाई उज्ज्वल भविश्यको कामना गर्नुभएको थियो । क्याम्पसका सहायक प्राध्यापक रमेश शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापकहरु सुमन गौंडेल, अगन्धर तिवारी, बिष्णु गिरी, प्रकाश चापागाई, धनप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive