शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

भ्रष्टाचारको आरोपमा बागलुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा

फाल्गुन १३, २०७८

काठमाडौं : कामै नभएर रकम भुक्तानी दिएको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका जनप्रतिनिधिसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उजुरीको श्रोतको रुपमा लिएर अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। निर्माणाधीन बागलुङ बसपार्कमा कामै नभएकोमा पाँच लाख ९० हजार ५०९ रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

घनश्याम रिजाल (सब-इञ्जिनियर) र मनोज शर्मा (इञ्जिनियर) ले फिल्डमा नभएको कामहरू लागत अनुमानमा भन्दा नापी किताबमा अस्वभाविक परिमाण परिवर्तन गरेको पाइएको अख्तियारले जनाएको छ।

यस्तै प्राविधिक प्रमुख सिनिएर डिभिजन इन्जिनिएर दयाराम अधिकारीले नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारिस गरेकोले उनलाई पनि विपक्षी बनाइएको छ।

सोही जिल्लाको दावगरा बसपार्क निर्माण योजनामा बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले वडाबाट अनुगमन प्रतिवेदन सही रहेको भनेर नगर उपप्रमुख सुरेन्द्र खड्का (संयोजक) र इन्जिनियर मनोज शर्मा सदस्य सचिव भएको समितिले फिल्डमा बास्तविक  काम भए नभएको एकिन गरी अनुगमन प्रतिवेदन तयार तथा भुक्तानीका लागि फरफारक गर्न सिफारिस गरेको खुलेकाे भन्दै अख्तियारले विपक्षी बनाएको छ।

यस्तै दावगरा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीम कुमारी आचार्य र सचिव गुणनिधि शर्माले कामभन्दा बढी मुल्यांकन गराई भुक्तानी माग गर्ने र कार्यसम्पन्न भएको भनी संझौता बिपरित भुक्तानी लिएको अख्तियारले जनाएको छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive