काठमाडौं : मौसन पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती‚ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा असिना र पानी पर्ने सम्भावना रहेको छ।
शनिवार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, बागमती‚ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित असिना र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यस्तै‚ देशको उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राति देशका अधिकांश प्रदेशमा मौसम बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबारसम्म नै देशका विभिन्न स्थानमा चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।