मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

पाङमा निर्मित विद्यालय भवन जोशीद्धारा उद्घाटन

चैत १२ पर्वत
पर्वतको कुश्मा नगरपालिका १ पाङमा अवस्थित गणेश प्राविमा तीनकोठे पक्कि भवन निर्माण गरिएको छ । कुश्मा नगरपालिका र नेपाल लोककल्याण संघ (स्वान)को संयुक्त लगानीमा भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणमा स्वान नेपालको १५ लाख ३१ हजार ३ सय २९, कुश्मा नगरपालिकाको १० लाख २० हजार ८ सय ८६ र स्थानीय श्रमदान १ लाख २ सय ४३ रुपैयाँ गरि कुल २६ लाख ५२ हजार ४ सय ५८ रुपैयाँ लगानी भएको हो ।
नवनिर्मित विद्यालय भवनको आज कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख जोशीको विशेष पहलमा दाताको आर्थिक सहायतामा बनेको भवन उद्घाटन गर्दै नगरप्रमुख जोशीले भवनको अभावमा गुज्रिएको विद्यालयको समस्या समाधान भएकोमा खुशी लागेको बताउनुभयो । नगरप्रमुख जोशीले भौतिक पूर्वाधारको विकास संगै शैक्षिक विकासमा कुश्मा नगरपालिकाले दाता संस्था संग पनि सहकार्य गर्दै आएको भन्दै विद्यालय निर्माणमा स्वान नेपालको सहकार्य प्रसंसनिय रहेको चर्चा गर्नुभयो ।
कुश्माको समग्र विकास नै आफ्नो अर्जुनदृष्टि रहेको बताउँदै नगरप्रमुख जोशीले कुश्मा नगरपालिकामा आएपछि शैक्षिक क्षेत्रमा भौतिक संरचना थप गर्ने, नीतिगत रुपमा विभिन्न कानुन निर्माण गर्ने र प्रविधियुक्त शिक्षणको शुरुवात भएको उल्लेख गर्नुभएको थियो । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले आफुहरुको स्वार्थ भनेकै नगरको विकास भएको भन्दै कुश्मा नगरपालिकाको पाँच वर्षे कार्याकालको अवधि संधै नागरिकमैत्री सेवामा ध्यान दिएको बताउनुभयो ।


उहाँले विद्यालयका भवन संगै विद्यालय मार्फत गुणस्तरीय पठनपाठन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वान नेपालका संस्थापक अध्यक्ष कृष्ण कार्की , नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवम् साविक पांङ गाविसका अध्यक्ष हेम शर्मा पौडेल , कुस्मा नगरपालिकाका शिक्षा शाखाका अधिकृत अर्जुन पौडेल , कुस्मा नगरपालिका १ का कार्यवाहक अध्यक्ष खगेन्द्र रिजाल (विरेन्द्र) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गणेश प्राविमा अधिकाँश दलित समूदायका बालबालिका पढ्दै आएका छन् । जीर्ण भवनमा बस्दै आएका बालबालिकालाई नयाँ भवन बनेपछि सहज रुपमा पढ्न सक्ने अवस्था बनेको कार्यवाहक वडाध्यक्ष खगेन्द्र रिजाल बिरेन्द्रले जानकारी दिनुभयो ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive