मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।

निगमले पेट्रोल,  डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।  अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।

निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive