शनिबार, माघ ५, २०८१
Saturday, January 18, 2025

भिडावारीमा चैतेदशैँ मेला र ज्येष्ठ नागरिक सम्मान हुने

चैत २३, २०७८
पर्वत : यस वर्षको चैते दशैँको अवसर पारेर पर्वतको फलेवास नगरपालिका–२ थापाठानाको भिडावारीमा चैते दशैँ मेला तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
सामाजिक सेवा तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको अयोजक मिलन यूवा क्लबका अध्यक्ष भानुप्रकाश थापाले जानकारी दिए । बिहीबारदेखि सुरु भई चैते दशैँको दिन चैत २६ गतेसम्म सञ्चालन हुने मेलामा विबिध खेलकुद कार्यक्रमहरुको पनि आयोजना गरिएको छ ।
मेलामा लोक तथा दोहोरी गीततर्फका कलाकारहरु बिमलराज क्षेत्री, कृष्ण अखेली, प्रकाश दूतराज, आर.सी पौडेल, रवि कार्की, अमृता नेपाली र सुस्मिता क्षेत्री तथा हास्यकलाकार बाबुराम सुवेदीको हास्य प्रहसन रहने आयोजक मिलन यूवा क्लबले बताएको छ ।
मेलाकै अवसरमा वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना हुनेलाई १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भलिवलमै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट लिफ्टर, अनुशासित खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
मेला सुरु भएको दिन चैत २३ गते र त्यसपछि २४ र २५ गते भलिवल सहितका अन्य प्रतियोगिताहरु चल्नुका साथै चैत २६ गतेका लागि भलिवलको फाइनल प्रतिस्पर्धा तय गरिएको छ । भिडावारी खेलकुद मैदानमा आयोजना हुने कार्यक्रममा भाले छोपाई प्रतियोगिता, लट्ठो तान्ने प्रतियोगिता लगायतका प्रतिस्पर्धाहरु पनि आयोजना गरिएको मेलाका मुख्य संयोजक अनिल क्षेत्रीले जानकारी दिए ।
कार्यक्रमको अवसरमा थापाठानामा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने पनि आयोजकको तयारी छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive