बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

कुश्मा नगरपालिकाका विद्यालयलाई परीक्षा व्यवस्थापन तालिम

चैत २२, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयका शिक्षकहरुलाई परीक्षा व्यवस्थापन तथा पिएमटी सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ ।
चैत २८ गतेबाट सुरु हुन लागेको कक्षा ८ को अन्त्यमा लिइने आधारभूत तह उत्तिर्ण परीक्षाको व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुको साथै अनलाईनमार्फत व्यवस्थापन गरिने सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनको लागि कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालामा कक्षा ८ का विद्यार्थीहरुका विवरणहरु सच्याउने, विपन्न लक्षित छात्रावृत्ति फाराम भरेर अनलाईनमा दर्ता गरिने तरीका, कक्षा ८ को परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गरिएको थियो ।
कार्यशालामा बोल्दै कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले सूचना व्यवस्थापनको लागि गरिरहेको काम महत्वूर्ण रहेको बताउनुभयो । यस्तै, कर्मचारीहरुको माग अनुसार गएको साउन महिनादेखि २० हजार ५ सय रुपैयाँ नगरपालिकाले दिनु पनि राम्रो कुरा भएको तिवारीको भनाई छ । पहिले जिल्ला स्तरीय रुपमा कक्षा ८ को परीक्षा हुने गरेकोमा संघीयता आएपछि नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ भन्दै उहाँले चैत २८ गतेबाट हुने परीक्षालाई प्रभावकारी र विश्वसनीय बनाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो ।
नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार कार्यशालामा नेपाल सरकारले विपन्न लक्षित छात्रावृत्ति उपलब्ध गराउँदै आएको बताउँदै उपयुक्त तरिकाले फाराम भरेर अनलाईनमा राख्न अनुरोध गर्नुभयो । बैंकमार्फत भुक्तानी हुने उक्त छात्रावृत्तिले विद्यार्थीको अध्ययननमा सहजीकरण गर्ने उहाँको भनाई छ ।
नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका करिब ३० जना विद्यालय कर्मचारी तथा शिक्षकहरुको सहभागिता रहेको कार्यशालामा सहजीकरण नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी र नारायण माध्यामिक विद्यालयका शिक्षक संजय रेग्मीले गर्नुभएको थियो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive