शनि, माघ १०, २०८२
Sat, January 24, 2026

मन्त्री बडूले ओलीको अभिव्यक्तिलाई तल्लोस्तरको भनेपछि संसद अवरुद्ध

जेष्ठ १३, २०७९

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसदहरूले बैठकमा अवरोध गरेका हुन्।

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्‌हरुले नियमापत्ति गरेका थिए। जनताको हितमा गरिने हरेक काममा कमिशन मात्र देख्ने दुर्नियत देख्दा साउनको महिनामा दृष्टि गुमाएको गोरुले सँधै हरियो मात्रै देख्छ भन्ने उखानलाई स्मरण गराउँछु भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले टिप्पणी गरेपछि एमाले सांसदले विरोध गरेका हुन्।

एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयल निगम सरकारले निजी क्षेत्रलाई बेच्न लागेको भन्ने कुराको जवाफ दिन रोष्ट्रममा आएका मन्त्री बडूले ओलीलाई लक्षित गर्दै भने, ‘आफू प्रधानमन्त्री हुँदा कमिशननै कमिशनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिशन बाहेक के नै देख्न सक्छ र सोच्न सक्छ’ भनेपछि एमालेका सांसदले विरोध जनाएका थिए।

त्यसपछि सभामुख अग्नि सापकोटाले मन्त्रीलाई बोल्न रोष्ट्रममा बोलाएपछि पनि मन्त्री बडू झन् आक्रोशित बनेका थिए। उनले रोष्ट्रमबाटै ओलीको आरोप झुठा आधारहीन आरोप भएको बताए।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले निती तथा कार्यक्रममाथि टिप्पणी गर्दै सरकारले आयल निगमलाई कमिशन खाएर निजी क्षेत्रलाई दिन लागेको भनेर आरोप लगाएका थिए। एमाले सांसदको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive