मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

उत्कृष्ट बिद्यालयको रुपमा परिचीत हुने लक्ष्यमा श्रीकृष्ण आधारभूत विद्यालय

रामशरण पोख्रेल
बाग्लुङ : बाग्लुङ नगरपालिकामा रहेका उत्कृष्ट सरकारि विद्यालय मध्यको एक हो श्रीकृष्ण आधारभूत विद्यालय । बाग्लुङ नगरपालिका-५, मालिका बान्द्रेमा अवस्थित उक्त विद्यालय बिक्रम सम्वत २०१७ पौष १७ गते संविधान दिवसको अवसर परि बाँसले बारेर तिजुका स्याउलाले छाएर स्थापना गरिएको थियो । भगवान श्रीकृष्णको नाममा विद्यालयको नामाकरण गरेर औपचारिक रुपमा पठनपाठन सुरुवात गरिएको बताइएको छ ।
तत्कालीन समयमा स्थानिय समाजसेवी भबिलाल सापकोटा, रबिलाल सापकोटा र कलाधर सापकोटाले डेढ रोपनी जग्गा निशुल्क उपलब्ध गराएपछी विद्यालयको स्थापना गर्न सहज भएको थियो । विद्यालयको सस्थापक शिक्षक कालिवडार निवासी श्री रुद्र प्रसाद उपाध्यायले शिक्षक पदमा रहेर पठनपाठन कार्य सुभारम्भ गरेको स्कुल समुदायको सहयोग बाट चल्दै अगाडि बढिरहेको थियो । सो समयमा विद्यालय संचालन गर्नको लागि स्थानिय केही युवालाई आर्थिक सहयोग संकलनको लागि परिचालन गर्ने गरिएको थियो । युवाहरुले समाजबाट धान, मकै, कोदो, गहुँ लगायतका अन्नहरु उठाएर बेच्ने र पैसा स्कुललाइ बुझाउने गर्थे ।
साथै विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीबाट दुई रुपैयाँ संकलन गरि स्कुल संचालन गरिएको विद्यालयका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले बताउँछन । विद्यालयको सेवा क्षेत्रभित्र पर्ने तल्लिबान्द्रे, धुर्पुला, अडाइथर, कालिवडार, बेर्नेटा, खड्काचौर का सबै अभिबाबकहरु संग परामर्श गरि विद्यार्थिलाइ स्कुलमा ल्याउने सिकाउने र टिकाउनको लागि कडा मेहनतका साथ शिक्षक, विद्यालय ब्यवस्थापक, अभिबाबकहरु लागेकाले पनि पहिलैदेखी उक्त स्कुलमा विद्यार्थीहरुको संख्यामा उल्लेख्य भैरहेको शिक्षकहरु बताउँछन ।
पछिल्लो समय विद्यालयले जिल्लामा नमुना बन्नको लागि कसरत गरिरहेको छ । भौतिक पूर्वाधार, विषयगत शिक्षक, निःशुल्क अग्रेजी माध्यममा पठनपाठन, शिक्षकको विद्युतीय हाजिरी, अतिरिक्त क्रियाकलाप, पर्याप्त शैक्षिक सामग्री र विद्यालय–अभिभावक बीच पठनपाठन केन्द्रित छलफल विद्यालयका विशेषता हुन् । यिनै विशेषताले स्थानीयस्तरमा विद्यालयको साख ह्वात्तै बढेको छ । एल आकारमा देखिने विद्यालय भवन वरिपरि हरियाली सुन्दर वातावरणमा रहेकाले पनि विद्यालय प्रतिको आकर्षण बढ्दै गएको छ । विभिन्न समयमा विद्यालयका शिक्षक, विद्यार्थी र ब्यवस्थापन समितीले संचालन गरेको देउसीभैलोबाट सहयोग प्राप्त करिब पन्ध्र लाख रुपैयाँ लगानी गरि त्यसको ब्याजबाट समेत विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका निम्ति विद्यालयले खर्च गर्दै आइरहेको छ । विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले भन्नुहुन्छ कक्षा आठ सम्मको अध्ययन सकेर बाहिर गएका विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरिरहेका छन, यो हाम्रो गौरवको कुरा हो । प्रअ सापकोटाले जिल्लामै उत्कृष्ट विद्यार्थीहरु तयार गर्न सफल भएको समेत दाबी गर्नुभएको छ ।
विद्यालयमा थप भौतिक संरचना निर्माण गर्ने तथा थप शैक्षिक सामाग्रीहरु उपलब्ध गराइ जिल्लामै उत्कृष्ट बिद्यालय बनाउने अभियान थालिएको विद्यालय ब्यवस्थापन समिती बताउँछ । विद्यालयले आगामी दिनहरुमा विद्यार्थी सङ्ख्या र सिकाइ उपलब्धिलाई बढाउदै लैजाने लक्ष्य राखेको छ । केही बर्षयता विद्यालय ब्यवस्थापन समिती, शिक्षक, अभिबाबक संघ र जनप्रतिनिधिहरुले गुणस्तरीय शिक्षा, प्रबिधिमैत्री शिक्षा र शिक्षण सिकाइका नबिनतम प्रबिधिहरुको प्रयोग एवम रणनीतिहरुलाइ प्रमुख प्राथमिकतामा राखेर विद्यालयलाइ नमुना विद्यालय बनाउन लागिपरेका छन ।
यसै सन्दर्भमा विद्यार्थीलाइ गुणस्तरीय शिक्षा प्रदान गरि विद्यालयलाइ नमुना विद्यालयको रुपमा खडा गर्न विद्यालयले चालेका गतिविधिको बारेमा उक्त विद्यालयका शिक्षक घनश्याम रिजालले पठाएका अभ्यासहरु निम्नानुसार रहेका छन । विद्यालयले गरेका असल अभ्यासहरु बुदागत रुपमा ।
१) स्मार्ट टिभी, प्रोजेक्टर, टकिङ टिचर, ल्यापटप कम्प्युटर जस्ता आधुनिक एवम नबिनतम, प्रबिधिको प्रयोग गरि कक्षाशिक्षण संचालन गरिएको ।
२) प्रयाप्त पुस्तक एवम शैक्षिक सामाग्री सहितको ब्यवस्थित पुस्तकालय भएको ।
३) विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै दिवा खाजाको ब्यवस्थापन ।
४) प्रयाप्त सामाग्री सहितको बिज्ञान प्रयोगशाला रहेको ।
५) कक्षा एक देखि पाँच कक्षासम्म अग्रेजी माध्यम बाट पढाई संचालन गरिएको ।
६) कक्षा चारदेखि आठसम्म कम्प्युटर कक्षा संचालन गरिएको ।
७) अन्तरक्रियात्मक एवम विद्यार्थी केन्द्रित शिक्षण बिधिको प्रयोग गरि कक्षा संचालन गरिएको ।
८) विद्यार्थी र अभिभावकको सुझाव अनुसार शिक्षण सिकाइलाइ थप प्रभावकारी बनाउनको लागि सुझाव पेटिकाको ब्यवस्था गरिएको ।
९) शिक्षक कर्मचारीलाई नियमित गराउन बिधुतिय हाजिरीको ब्यवस्था गरिएको ।
१०) हरेक हप्तामा अतिरिक्त क्रियाकलाप संचालन गर्दै आइरहेको ।
११) विद्यार्थीको सिकाइ उपलब्धि उत्कृष्ट रहेको ।
१२) शिक्षक विद्यार्थीको आचारसंहिता निर्माण गरि कार्यान्वयन गरिएको ।
१३) प्रत्यक दिन बिहान प्राथनाको समयमा विद्यार्थीलाई विभिन्न ज्ञानमुलक कार्यक्रम संचालन गर्दै आइरहेको ।
१४) प्रत्येक कक्षामा लिडर र मनिटरको ब्यवस्था गरि कक्षाकोठाभित्र सुधार्नुपर्ने कुराहरु लिखित र मौखिक रुपमा प्रतिबेदन पेश गर्ने परिपाटी मिलाइएको ।
१५) जुनसुकै कारणबाट गरिने नेपाल बन्द या कुनैपनी बन्दको समयमा पनि नियमित विद्यालय संचालन गरिएको।
१६) स्वच्छ खानेपानी एवम मनोरम बाताबरणमा शिक्षण सिकाइ संचालन गर्दै आएको ।
१७) हरेक कक्षाका कक्षागत म्यासेन्जर ग्रुप तथा समग्र विद्यालयको फेसबुक पेज संचालन गरि सबै अभिभावकलाई जोडिएको ।
१८) अति गरिब परिवारका विद्यार्थीलाई विभिन्न संघसस्थाहरु संग समन्वय गरि कापीकलम, ड्रेस लगायतका आवस्यक शैक्षिक सामाग्रीहरु निशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाउदै आइएको ।
१९) वार्षिकोत्सबको अवसरमा अन्य विद्यालयका विद्यार्थीलाई पनि समाबेश गरि विभिन्न अतिरिक्त कार्यक्रमहरु संचालन गर्दै आइरहेको ।
२०) विद्यार्थीलाई प्रयाप्त खेलकुद सामाग्री उपलब्ध गराउदै आइरहेको ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive