जेष्ठ १४, २०७९
पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा पर्वत सदरमुकाम कुश्मा सिथत बडागाउँ चौरमा भइरहेको कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवमा आज ज्योती मगेरले आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने भएकी छिन् ।
स्टेज तताउन र दर्शकहरुलाई झुमाउन सिपालु ज्योतीले आफ्ना दर्जन भन्दा गीतहरु प्रस्तुत गर्ने छिन् । हरेक ठाउँमा आयोजना गरिने महोत्सवमा ज्योती विशेष आकर्षणकी पात्र हुने गरेकी छन् । पर्वतमा हुने अन्य महोत्सवमा पनि बोलाइने गरिएकी ज्योतीका दर्शक पर्वत आसपासका क्षेत्रमा पनि उस्तै बाक्ला छन् । जुन महोत्सवमा उनको प्रस्तुती रहन्छ त्यहाँ दर्शकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
महोत्सवमा सांस्कृतिक रुपमा संयोजक गरिरहेका कलाकार आर.सी. पौडेल (रामचन्द्र) का अनुसार गायिका मगरका कारण शनिवार बिहानैदेखि दर्शकहरुको भीड बढीरहेको छ । त्यसमा पनि बिदाको दिन भएका कारण स्टलहरुमा पनि चहलपहल उस्तै बाक्लो रहेको उनले बताए ।
हरेक दिन भलिबल प्रतियोगिता आयोजना भइरहेका कारण बिहानैदेखि साँझसम्म नै दर्शकहरुले मनोरञ्जन लिइरहेका छन् । आयोजकले आईतवार रहेको बिदाको दिनको अवसरमा नेपाली ¥यापरहरुलाई स्टेजमा उतार्ने तयारी गरेको छ ।
महोत्सव अन्त्यतर्फ आउँदा गर्दा दर्शकका रोजाइमा परेका कलाकाहरु स्टेजमा आउँदा बर्खाको मुखैमा लगाएको महोत्सवले दर्शकहरुको माया पाइरहेको छ ।
कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने काम भइरहेको छ ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024