जेष्ठ १२, २०७९
पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा पर्वत सदरमुकाम कुश्मा सिथत बडागाउँ चौरमा भइरहेको कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवमा बिहीबार कलाकारहरु ईश्वर सिंह र रिना के.सी ले आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने भएका छन्।
महोत्सवका संयोजक शिव उचै ठकुरीका अनुसार पछिल्लो समयमा दिउसोको समयमा भलिबल र साँझका समयमा दर्शकहरुको बाक्लो उपस्थितिले महोत्सवमा रौनकता दिएएको छ। सुरुवाती चरणमा लगातारको वर्षाको कारण केही प्रभाव परेको भए पनि पछिल्ला दिनमा सुधारिएको मौसमका कारण दिनहुँजसो कलाकारहरुको उपस्थिति बाक्लीँदै गएको छ।
कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने काम भइरहेको छ ।