बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

कुश्माको महोत्सवमा बुधबार यी कलाकारहरुको प्रस्तुती रहने

जेष्ठ ११, २०७९

जेष्ठ ११, २०७९
पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा पर्वत सदरमुकाम कुश्मा सिथत बडागाउँ चौरमा भइरहेको कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुतीहरु राख्दै छन्।
बुधार चोलेन्द्र पौडेल, रिना के.सी, ईश्वर सिंह र रितु थापाले आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने तयारी भइरहेको महोत्सवका संयोजक शिव उचै ठकुरीले जानकारी दिए।
लोक तथा दोहोरी मन पराउने जिल्लाका रुपमा चिनिने पर्वतमा दर्शकहरुकै मागको आधारमा उनीहरुलाई आमन्त्रण गरिएको हो। हरेक दिन जस्तै बुधाबार साँझलाई विशेष साँझ बनाउने तयारी गरिएको आयोजकले बताएको छ।
कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा दैनिक सांगितिक प्रस्तुती, स्थानीय व्यापार व्यवसाय प्रबद्र्धनका लागि व्यसायीहरुका स्टलहरु, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, पिङ, डुङ्गा, ड्रागन रेल, बाल उद्यान, चमेना गृह, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक प्रस्तुती तथा हास्य प्रहसन, पर्वत डान्स आइडोल, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, उत्कृष्ट व्यवसायिक व्यक्तिहरुलाई सम्मान गर्ने काम भइरहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive