शनि, असार ७, २०८२
Sat, June 21, 2025

नेपाल जनसम्पर्क समिती जापानको छैटौं अधिबेशन सम्पन्न

जेष्ठ ११, २०७९

रामशरण पोख्रेल

नेपाली काङ्ग्रेसको वैदेशिक भातृ सस्था नेपाल जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिको छैटौ ऐतिहासिक अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

लामो समयदेखि डिका कार्कीको नेतृत्वमा रहेको समितिले हकाता सिमिन सेन्टरमा भव्य कार्यक्रमको आयोजना गरि सुशान्त भट्टराईको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उप-सभापतिमा इश्वर अधिकारी र सुरेश डांगर, सचिवमा सज्जन सुबेदी, सह सचिवमा सन्तोष पाण्डे, कोषाध्यक्षमा चिरञ्जिवी कार्की, सह-कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएका छन । यस्तै सदस्यहरुमा, शंकर कार्की, भरत बन, समिप बन, धुर्व थापा, रंजन ढकाल, लक्ष्मी दाहाल, उमेश खरेल, सुष्मिता लामिछाने सर्वसम्मत चयन गरिएको छ । नेपाल जनसम्पर्क समिति जापानका सल्लाहकार धर्म राज अधिकारी र नेपाल जनसम्पर्क समिति जापानका उप-सभापती तथा महाधिवेशन प्रतिनिधि, क्युशु ओकिनावा क्षेत्रको क्षेत्रिय प्रतिनिधि राजेन्द्र जमरकट्टेलको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो ।

सो अवसरमा उप-सभापतीहरु बद्री पौडेल, नवराज थापा, पेम्बा लामा, कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा, नविन अधिकारी, नेजसस जापान कान्तो क्षेत्रिय समितिका उप-सभापती दिपेश केसी लगायतको उपस्थिति रहेको थियो । समितिले अधिवेशनको सम्पुर्ण प्रक्रिया सम्पन्न गराउनको लागि हस्त लामाको संयोजकत्वमा निर्वाचन समिती समेत गठन गरेको थियो । समितिको सदस्यमा लक्ष्मण बाँनिया र भिम बहादुर गुरुङ रहनुभएको छ ।

यस्तै कार्यक्रमका अवसरमा धर्मराज अधिकारी, राजेन्द्र जमरकट्टेल, नवराज थापा, पेम्बा लामा, बद्री पौडेल, बाबुराम सापकोटा, नविन अधिकारी र दिपेश केसी लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले यस अघिको डिका कार्कीको नेतृत्वमा रहेको क्षेत्रिय समितिको सफल कार्यकालको प्रशंसा गर्नुका साथै अधिबेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । उनिहरुले क्युशु क्षेत्रिय समितिले गरेका विभिन्न किसिमका कार्यक्रमहरुले नेजसस जापान भित्र मात्र नभएर जापानबासी समुदायमा र त्यस क्षेत्रमा रहेका नेपालिहरुमा समेत राम्रो सन्देश प्रवाह गरेको विषयमा चर्चा समेत गरेका थिए ।

नेपाली काङ्ग्रेसको वैदेशिक सस्थाको रुपमा रहेको समितीको अधिबेशनमा क्युशु क्षेत्रका काग्रेस प्रेमीहरुको चर्को उपस्थितिका बिच अधिबेशन सम्पन्न भएको बताइएको छ । समितिका निवर्तमान सभापति डिका कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नवनिर्वाचित सभापति सुशान्त भट्टराई र सुरज बनले सञ्चालन गर्नु भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive