शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

नेपाली काँग्रेस फलेवासमा चुनावी समिक्षा

पर्वत : नेपाली कँंग्रेसको फलेबास नगर समितिले गत बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा गरेको छ । नगरका ११ वटै वडाका कँंग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको समिक्षा कार्यक्रममा कांग्रेसले स्थानीय तहको निर्वाचन अन्तर्गत फलेबास नगरपालिकामा ल्याएको जनमत र यसबारेको टिप्पणी गरिएको हो ।
समिक्षात्मक अन्तरकृया कार्यक्रममा नेपाली कँंग्रेस फलेबासले वडा र पालिकास्तरमा पाएको सफलता र असफलताबारे बक्ताहरुले टिप्पणी, सुझाव र प्रतिकृया जनाए । अघिल्लो २०७४ को स्थानीय तह निर्वाचन र अहिलेको निर्वाचनबिच तुलनात्मक टिप्पणीका क्रममा सबैजसो बक्ताहरुले गठबन्धन, उम्मेदवार चयन, प्रचार लगायतका कारणले कांग्रेस अधिकँंस क्षेत्रमा सफल भएको भए पनि साङ्गठनिक तथा प्राविधिक कारणले कतिपय जित्नैपर्ने वडाहरुमा कमजोर भएको टिप्पणी गरेका थिए । कार्यक्रमा फलेबासलाई आगामी ५ वर्षभित्र सम्पन्न र आत्मनिर्भर बनाए मात्रै आगामी निर्वाचनमा सबै वडा सहित बहुमत प्राप्त गर्न सकिने कार्यकर्ताहरुको सुझाव छ । निर्वाचित जनप्रतिनिधिले पार्टी भन्दा पनि आम जनताको मन जितेर योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्ने बक्ताहरुको सुझाव थियो ।
कतिपय वडामा झिनो मतले निर्वाचित हुनु, कतिपय वडामा अत्याधिक मतले वडाध्यक्ष्ँ जितेर पनि वडा सदस्यहरु गुमाउ“दा अहिले गम्भिर समस्या परेको कार्यकर्ताहरुले टिप्पणी गरे । गठबन्धनका कारण मतदान गर्न झण्झट भएको जसका कारण धेरै मत बदर भएको लगायतका कारणले बहुमत वडा जितेर पनि अल्पमतमा पर्नु दुर्भाग्य भएको समिक्षकहरुले बताए ।
कार्यक्रममा वडा नम्बर १ कार्किनेटाबाट चित्रप्रसाद सर्मा, वडा नम्बर २ थापाठानाबाट ताराबहादुर थापा वडा नम्बर ३ शंकरपोखरीबाट प्रेमप्रसाद भुषाल, वडा नम्बर ४ मुडिकुवाबाट ओमप्रसाद गौंडेल वडा नम्बर ५ खानीगाउ“बाट थमबहादुर कु“वरले आफ्ना वडाको समिक्षा गरेका थिए । त्यस्तै वडा नम्बर ६ देबिस्थानबाट सागर भुषाल, वडा नम्बर ७ लिमिठानाबाट हरेराम रेग्मी, वडा नम्बर ८, ठानामौलाबाट शालिग्राम कु“वर, वडा नम्बर ९ भंगराबाट हितमान गुरुङ, वडा नम्बर १० कुर्घाबाट भवानीप्रसाद शर्मा र वडा नम्बर ११ पाङ्राङबाट सन्तोष पाठकले आफ्ना वडाहरुको निर्वाचन समिक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कँंग्रेसका जिल्ला उपसभापति शिवप्रसाद सुबेदीले गठबन्धन, उम्मेदवार चयन, प्रचार लगायतका कारणले कांग्रेस अधिकँंस क्षेत्रमा सफल भएको भए पनि केहि वडा अध्यक्ष र सदस्यहरु प्राविधिक कारणले हार्नुपरेकोप्रति आफु र सिंगो पर्वत कांग्रेस दुखि भएको बताए । उनले अहिलेको निर्वाचनबाट पाठ सिकेर आसन्न संघ, प्रदेश र आगामी स्थानीय निर्वाचनमा अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए । नगरप्रमुखमा निर्वाचित गंगाधर तिवारीले नगरपालिकामा अहिले प्राप्त नतिजाले केहि उत्साह प्रदान गरे पनि निर्धक्क हुने अवस्था नरहेको बताए । उनले नगरपालिकामा यसपाली निर्वाचन जिताउन सबै भातृ तथा सुभेच्छुक संस्था, कृयासिल सदस्य लगायत सबै सक्रिय मतदाताले खेलेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गरे । नगरप्रमुख तिवारीले आसन्न निर्वाचनहरुमा पनि यस्तै भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्दै पार्टीले टिकट दिएर निर्वाचनमा होमिने उम्मेदवारलाई व्यक्तिगत भन्दा संस्थाको प्रतिनिधिका रुपमा लिएर सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेसका नेताहरु याम बहादुर परियार (शिब) बुद्दीमान सुबेदी, अर्जुनबहादुर कार्की, मेघराज लम्साल, चोलाकान्त पाध्या, अम्मरबहादुर क्षेत्री, मिलन सुबेदी, निर्मला रेग्मी, राजेन्द्र श्रेष्ठ, किरण तिवारी, बिमलराज क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अगन्धर तिवारी लगायतले निर्वाचनको समिक्षात्मक टिप्पणी र सुधार गर्नुपर्ने पक्षबारे बोलेका थिए । फलेबास नगर सभापति हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरसचिव धनबहादुर थापाले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive