असार १, २०७९
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योग मुद्वा कसुरको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको मोदी गाउँपालिका–४ घर भई हाल मोदी गाउँपालिका–२ मा बस्दै आएका ४० बर्षिय खडक बहादुर पुर्जालाई नियन्त्रणमा लिइएको हो ।
गत जेठ २४ गते करिब १२ बजेको समयमा पुर्जाले घरमा बसिरहेको आफ्ना ७२ वर्षिय श्रीमान् तिल बहादुर पुनलाई रिसीईविले काठको मुङ्ग्राले टाउको, गर्धन र कोखामा प्रहार गरी गम्भिर चोट बनाई सक्त घाईते बनाएकोले निजलाई कानुन बमोजिम कारवाही गरी पाउँ भनी घाईते तिलबहादुरकी श्रीमती लालसुब्बा मगर्नीले मिति उजुरी गरेपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको हो । प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटीएको प्रहरी टोली जेठ ३० मा पक्राउ गरी जेठ ३१ मा निज उपर ज्यान मार्ने उद्योग शिर्षकमा मुद्वा दर्ता गरी पर्बत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको छ ।
७२ वर्षिय बृद्धमाथि कुटपिट गर्ने मोदीका यूवा पक्राउ
असार १, २०७९
