बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
spot_img

नेपाली सेनाद्धारा २५ जना पत्रकारलाई प्रशिक्षण (फोटो फिचर)

जेठ २८, २०७९
पर्वत : सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा मध्य कमान्ड हेडक्वार्टर अन्तर्गतका पत्रकारहरूलाई एक हप्ते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मध्य कमान्ड अन्तर्गतका ३१ जिल्लाका २५ जना पत्रकारहरूलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम (डिसिओपी) तालिम दिइएको हो। मध्य कमान्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखराबाट सुरु भएको प्रशिक्षण कार्यक्रम नं. २२ अड्डा योगीकुटी बुटवलमा पुगेर सम्पन्न भएको हो।


जेठ २२, २३ र २४ गते तीन दिनसम्म विजयपुर ब्यारेक पोखरामा भएको आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते स्थलगत भ्रमण सहितको तालिम सञ्चालन भएको हो। स्थलगत भ्रमणको क्रममा तनहुँ हाइड्रोपावर, पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, पाल्पा दरबार, पाल्पा निशान भगवती, काल भैरव, रानी महल, रुपन्देहीको लुम्बिनी र जितगढी लगायतका स्थानमा अवलोकन गराइएको थियो। भ्रमणका क्रममा नेपाल एकीकरणको बेलामा पृथ्वीनारायण शाहले प्रयोग गरेका सेनादेखि नेपाल–अङ्ग्रेज युद्धको बेलामा नेपालका विभिन्न ठाउँमा भएका आक्रमणको बारेमा जानकारी दिइएको थियो।


पोखरामा भएको आन्तरिक प्रशिक्षणमा राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपद् व्यवस्थापन, पत्रकार आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा रक्षा मन्त्रालयका उपसचिवसहित नेपाली सेनाका अधिकृतहरूले प्रशिक्षण दिएका थिए।
प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै नं. २२ अड्डाका बाहिनीपति सहायक रथी, बाहिनीपति नवराज गुरुङले सञ्चारकर्मी र नेपाली सेनाबिच रही आएको कुशल सम्बन्ध अब झनै मजबुत बन्ने विश्वास व्यक्त गरे। नेपाली सेना भनेको अनुशासनको नमुना भएको भन्दै उनले सेनामा आउनेहरू यही समाजका व्यक्ति भएको र सेवापछि समाजमा नै फिर्ता जाने भएकाले सेनाका प्रत्येक व्यक्तिमा अनुशासन हुने उल्लेख गरे। राष्ट्रको सुरक्षा गर्ने बाहेक दैवी प्रकोपको बेलामा उद्धार, प्राकृतिक स्रोतहरूको संरक्षण, पूर्वाधार तथा विकास आयोजनाहरूको निर्माण र संरक्षण लगायतमा पनि सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको उनको भनाई छ।


प्रशिक्षणको प्रथम प्रवचनका क्रममा मध्य कमान्ड हेडक्वार्टरका उपरथी बाबुराम श्रेष्ठले नेपाली मातृभूमिको रक्षा सहित देश निर्माणमा पनि नेपाली सेना लागि सदैव लागिरहेको बताएका छन्। सेनाले जनताको पक्षमा काम गर्ने गरी जनसम्पर्क निर्देशनालय स्थापना गरेको उल्लेख गर्दै उनले जनताको जीवन यापनमा समेत सघाउने गरी सेनाले काम गरिरहेको बताए। राष्ट्रको चौथो अङ्ग र नेपाली सेनाबिचको सम्बन्ध थप बलियो हुनुपर्ने र त्यसो भएमा देशको सुरक्षाका साथै नागरिकको दैनिकीलाई सहज बनाउन पनि सेना अब्बल रहने उपरथी श्रेष्ठको भनाई छ।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive