बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

फलेवासमा पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिविर आयोजना

जेष्ठ २०, २०७९

व्यवसायिक रुपमा पशुपालनको बृद्धिसँगै पशु स्वास्थ्य विशेषज्ञहरुको उपस्थितिमा पर्वतको फलेवासमा एक दिने पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धी शिविर सम्पन्न भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सँगै गाई भैसीको व्यावसायीक कृषि केन्द्र (व्लक) विकास कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरिएको हो । फलेवास नगरपालिका–६ देविस्थानमा बिहिवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा सम्पन्न शिविरमा ८३ जना कृषकलाई विभिन्न प्रकारका औषधी वितरण गरिएको पशु विकास शाखा फलेवास नगरपालिका प्रमुख प्रताप पौडेलले जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रका पशुमा रहेको बाँझोपन हटाउन र बन्ध्याकरण गर्ने काममा सहजता ल्याउने उद्देश्यलाई मध्यनजर गरी पशु स्वास्थ्य शिविर सम्पन्न गरेको उहाँको भनाई छ ।
शिविरको उद्घाटन गदै फलेवास नगरपालिका नगरप्रमुख गंगाधर तिवारीले फलेवास नगरपालिका पशु र कृषि क्षेत्रको उद्गम स्थाल भएको बताउनु भयो । उहाँले फलेवास नगरपालिकालाई पाँच बर्ष भित्रमा पशु र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनु भयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख राम्जी पौडेल, फलेवास नगरपालिका–६ देविस्थानका निर्वतमान वडा अध्यक्ष भोलानाथ भुषाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कृषकहरुले आफ्ना समस्या राख्नुका साथै सुझावहरु पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रम फलेवास नगरपालिका–६ देविस्थानका वडा अध्यक्ष नविकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

गण्डकीसंचारबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive