बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री गुरुङद्धारा पर्वत अस्पतालको निरीक्षण

असार १२, २०७९

असार १२, २०७९
पर्वत : गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पर्वत अस्पतालको निरीक्षण गरेकी छिन्।
प्रदेशका नागरिकको स्वास्थ्य स्तर माथि उठाउने र प्रदेशमा रहेका अस्पतालहरुको सुबिधालाई अभिबृद्धि गर्ने प्रयास गरिरहेक उनले सोही क्रममा अस्पतालको अवलोकन गरेकी हुन्। त्यस अवसरमा अस्पताल विकास समिति र अस्पताल प्रशासनसँग कुरा गर्दै उनले पर्वत अस्पतालको सुबिधा बृद्धि गर्नको लागि प्रदेशको तर्फबाट आफूले गर्न सक्ने जति प्रयास गर्ने बताएकी छिन्। प्रदेशको मन्त्रालयले प्रदेशका ११ ओटै जिल्लाका अस्पतालहरुलाई व्यवस्थापन गर्नुपर्ने भएका कारण एकै पटकमा माग गरे अनुसारको आपूर्ति गर्न नसकिने बताउँदै मन्त्री अधिकारीले पर्वत अस्पतालमा रहेका समस्याको बारेमा आफू जानकार रहेको बताईन ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले पर्वत अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गरेर उपचारको आधुनिक उपकरणहरु दिएको भए पनि जनशक्तिको अभावमा ती सामग्रीहरुलाई भण्डारण गरेर राख्नुभएको विकल्प नभएको बताए। पर्वत अस्पतालमा नागरिकको विश्वास बढेको र अस्पतालले शल्यक्रियासम्मको सेवा प्रदान गर्दै आएको बताउँदै उनले प्रदेश वा संघ सरकारबाट प्राबिधिक जनशक्ति उपलब्ध गराएमा अस्पतालमा रहेका आइसियू र भेन्टीलेटरहरु पनि प्रयोगमा आउने र यस क्षेत्रका नागरिकहरु सघन उपचारको लागि पोखरा वा काठमाण्डौँ जानुपर्ने बाध्यताको अन्त्य हुने बताए।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive