शनि, असार ७, २०८२
Sat, June 21, 2025

लागू औषध विरुद्ध पर्वत प्रहरीका यी काम (फोटो फिचर)

असार १३, २०७९

असार १३, २०७९
पर्वत : लागु पदार्थ तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ ।
लागू पदार्थको कुरा गर्दासाथ यसमा नेपाल प्रहरी यसमा जोडिन्छ । लागू औषधको प्रयोग तथा यसको कारोबार गर्नेहरूलाई नियन्त्रणमा लिने रे अनुसन्धान गर्ने काम नेपाल प्रहरीले गर्दै आइरहेको छ । लागू पदार्थको प्रयोगबाट मानिसमा पर्ने तत्कालीन र दीर्घकालीन असरको बारेमा प्रहरीले एक सातासम्म विभिन्न कार्यक्रमहरू पनि सम्पन्न गरेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरीले कार्यालय पर्वतले समुदायमा पुगेर लागू औषधका रूपमा लिइने गाँजाको बिरुवा नष्ट पार्नेदेखि समुदायमा पुगेर लागू औषधको प्रयोगबाट पर्ने असरका बारेमा जानकारी गराएको छ । विद्यार्थीका माध्यमबाट सूचना प्रसारण प्रभावकारी हुने भएकाले पर्वत प्रहरीले सकेसम्म धेरै विद्यालयहरूमा पुगेर लागू औषध बिरुद्धको प्रशिक्षणहरू सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।
साताव्यापी कार्यक्रमको अन्तिम दिन आइतवार प्रभातफेरी निकालेर लागु पदार्थ तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिका गण पर्वतका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अर्याल, राष्ट्रिय अनुसान्धान पर्वतका प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र खतिवडा, नया रणभिम गुल्म गोदाम ब्यारेकका सह सेनानी महेश भट्ट, जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राजन जोशी लगायतका पदाधिकारीहरु तथा बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीको उपस्थितिमा प्रभातफेरी निकालिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कुश्मा बजारको लोकतान्त्रिक चोक, दुर्लुङ चोक र शिवालय चोक हुदै पुनः जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङ्गणमा गई कार्यक्रमको औपचारिक रूपमा सम्पन्न भएको थियो ।

फोटोमा हेर्नुहोस् पर्वत प्रहरीले गरेका कार्यक्रमहरूको झलक

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive