असार ३१, २०७९
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले गोरु काटेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्क स्थित बिदारेका ३१ वर्षीय यमबहादुर पुर्जालाई पक्राउ गरिएको हो। पुर्जाले गत असार २८ मा उनले गोरु काटेको भन्ने सूचना पाएपछि प्रहरी चौकी वारीवेनी पर्वतबाट पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले बिहीबार पशु सम्बन्धी कसुर अन्तर्गत गाई, गोरु कुट्न वा मार्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
गोरु काटेको आरोपमा एक जना पक्राउ
असार ३१, २०७९




