मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

पर्वतका ग्रामिण भेगमा जाने जिप र बसको नयाँ भाडा यस्तो, अटेरी गरे कारबाही

पर्वत, ७ साउन
जिल्ला भित्र सञ्चालन हुने जीप तथा बसले यात्रुबाट मनपरी भाडा असुल गरेको गुनासो आएपछि पर्वतमा सरोकारवालाहरु बीच नयाँ भाडादर सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाहरुबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा यात्रा गर्ने यात्रुले जीपमा सवार गर्दा प्र्रतिकिलोमिटर ११ रुपैँया र बसमा सवार गर्ने यात्रुले प्रतिकिलोमिटर १० रुपैँया तोकिएको छ । त्यस्तै कालोपत्रे, ग्रावेल र पक्की सडकमा यात्रा गर्ने यात्रुले जीपमा ९ रुपैँया ५० पैसा र बसमा ९ रुपैँया तोकिएको छ ।
यस अघि पर्वतका ग्रामीण क्षेत्रमा चल्ने जीपले प्रतिव्यक्ति प्रति किलोमिटर २७ रुपैँया सम्म भाडा लिँदै आएका थिए । जिल्ला ट्राफिक कार्यालय पर्वतले प्रत्येक सडकमा चल्ने सवारी साधनले लिँदै आएको भाडा दर, सडकको दुरी र सडकको अवस्थाको मुल्याङ्कन गरी बैठकमा पेश गरेको थियो ।

जस्तै उदाहरणका लागि तपाई कुश्मा देखि कार्किनेटा जानु पर्ने अवस्था आएमा जिप चढ्नुभयो भने प्रति किलोमिटर ९ रुपैँया ५० पैसाको दरले २० किलोमिटरको १ सय ९० रुपैँया र बस चढ्नुभयो भने प्रतिकिलोमिटर ९ रुपैँयाको दरले २० किलोमिटर दुरीको १ सय ८० रुपैँया तिर्नुपर्नेछ ।

सोही बैठकले नयाँ भाडादरलाई सर्वसाधारण यात्रुले देख्नेगरी पारदर्शी तवरबाट यातयातका साधनमा टाँस गर्नका लागि यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ । त्यस्तै भाडा निर्धारण गर्ने प्रयोजनका लागि गठित समितिमा पर्वत यातयात प्रालिका हेमशर्मा पौडेललाई सदस्यमा मनोनित गर्ने निणर्य समेत गरेको छ ।
अटो रिक्साको सम्बन्धमा समेत कुश्मा बजार भित्र रुट कायम भएका जुनसुकै स्थानमा प्रतिव्यक्ति ५० रुपैँया र फलेवास नगरपालिकाको रुट कायम भएको क्षेत्र भित्र प्रतिकिलोमिटर १५ रुपैँया मात्रै लिन पाउने गरी निणर्य भएको छ ।
बैठकमा यातयात व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि आकासिँदा पनि राज्यले पुरानै भाडादर कायम गर्न खोजेको गुनासो गरेका थिए । हालको नियमानुसार जीपले ९ रुपैँया र बसले ८ रुपैँया लिने व्यवस्था रहेको थियो । पर्वतमा यातयात व्यवसायीको समस्या र मागलाई समेत मध्यनजर गर्दै भाडादर कायम गरिएको यातयात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापा मगरले जानकारी दिनुभयो ।

okalat.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive