शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
spot_img

पुष्पलाललाई सम्झिँदै एमालेद्धारा पर्वत अस्पतालका बिरामीलाई फलफूल वितरण

७ साउन, पर्वत । नेकपा एमाले जिल्ला कमिटि पर्वतले पर्वत अस्पतालका विरामीका लागि फलफुल वितरण गरी पुष्पलाल स्मृति दिवस मनाएको छ । नेकपा एमालेले पर्वत अस्पतालमा भर्ना भएर उपचाररत विरामीहरुका लागि फलफुल वितरण गरी पुष्पलाल स्मृति दिवस मनाएको हो ।

नेपाल कम्युनिष्ट पाटीका संस्थापक रहेका पुष्पलाल श्रेष्ठको अगुवाईमय नेपालमा २००६ सालमा कम्युनिष्ट पाटीको स्थापना भएको थियो । श्रेष्ठकै पहलमा गठन भएको कम्युनिष्ट पाटीका अहिले आधा दर्जन भन्दा बढि साना र ठूला कम्युनिष्ट पाटीहरु रहेका छन् । श्रेष्ठलाई एमालेले आफ्ना संस्थापक नेताको रुपमा मान्दै आइरहेको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलनको शुरुवात गराउने आफ्ना नेताप्रति एमाले जिल्ला अध्यक्ष राजुप्रसाद पौडेलले कार्यक्रमका वीच श्रद्धाञ्जली ब्यक्त गरेका थिए । उनले श्रेष्ठको योगदानकै कारण नेपालमा अहिलेको कम्युननिष्ट आन्दोलन आइपुगेको भन्दै कम्युनिष्ट आन्दोलन अझै पनि संस्थागत हुन नसकेको उल्लेख गरे ।

टुट र फुटबाट दुई तिहाई नजिकको बहुमत प्राप्त कम्युनिष्ट पाटीहरु अहिले झण्डै आधा दर्जन पाटीहरुको गठन गर्दै विभक्त बनिरहेका छन् । एृमाले, माओवादी, समाजवादी, जनमोर्चा, नेकपा लगाएतका नामबाट गठन भएका सवै कम्युनिष्ट पाटीहरुको लक्ष्य एउटै भए पनि उनीहरु ब्यक्ति केन्द्रित अभियानमा लागेका कारण कम्युनिष्ट आन्दोलनले अझै पनि उद्दे्रश्य प्राप्त गर्न नसकेको एमाले नेताहरुको बुझाई छ ।

एमालेले श्रेष्ठकै स्मृतिमा पर्वत अस्पतालका उपचाररत विरामीहरुलाई फलफुल वितरण गर्दै पुष्पलाल प्रति श्रद्धासुमन ब्यक्त गरेको हो । फलफुल वितरण कार्यक्रममा पाटी सचिव गोविन्द पहाडीले पुष्पलालकै मार्गमा हिडेका कम्युनिष्टहरुको गन्तब्य एउटै भए पनि एकिकृत आन्दोलनमा सहभागीता अझै हुन नसकेको धारणा राखेका थिए ।

र्यक्रममा अस्पतालका प्रमुख सहित, एमालेका प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटि र नगर कमिटिका सदस्यहरुको सहभागीता रहेको थियो ।

source: parbatnews.com

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive