मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

लायन्स क्लब अफ पर्वत कुस्मा सिटीद्धारा डिभाइडरमा वृक्षारोपण

साउन ७, २०७९

साउन ७, २०७९
पर्वत : लायन्स क्लब अफ पर्वत कुस्मा सिटीको आयोजनामा मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्माको शिवालयचोकदेखि दुर्लुङचोकसम्मको डिभाइडरमा बिरुवा रोपिएको छ।
कुश्मा नगरपालिका र क्लबकै आयोजनामा गत वर्ष पनि डिभाईडरमा बिरुवा रोपिएको थियो। रोपिएका केही बिरुवा सरेको भए पनि आवश्यक संरक्षणको अभावमा केही बिरुवा मरेका थिए। डिभाईडरमा खाली रहेको भागलाई हरियाली बनाउने गरी यस वर्ष पनि पुन वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको निबर्तमान अध्यक्ष तथा जोन चियरपर्सन सीता कुमारी पोडेल सुवेदीले बताईन।
मध्यहाडी सडकको एक किनारबाट अर्को किनारमा जानको लागि र सवारीलाई लेन परिवर्तन गर्नको लागि पनि डेभाइडर काटेर ठाउँ बनाइएको छ। तर पनि कतिपय नागरिकले काटिएको ठाउँको प्रयोग नगरी डिभाईडरमा रोपिएका बिरुवा र दुवो कुल्चेर हिँड्ने कारण पनि बिरुवा बचाउन समस्या भइरहेको छ। सडकमा रोपिएका बिरुवालाई बजारलाई राम्रो देखाउनुका साथै पर्यावरणलाई पनि फाइदा हुने भएकाले बिरुवाको सुरक्षा गर्नु सबैको दायित्व भएको क्लबले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive