शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

पर्वत : एक वर्षमा ३० दुर्घटना, ११ जनाको मृत्यु, ४६ जना घाइते

पर्वत : गत आर्थिक वर्ष २०७८-७९ मा पर्वत जिल्लामा भएका कुल ३० ओटा सवारी दुर्घटनामध्ये ११ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ती दुर्घटनामा ३८ जना गम्भीर र आठ जना सामान्य घाइते भएका छन्। मृत्यु भएकामध्ये २५ जना पुरुष, १० जना महिला, दुई जना बालक र एक जना बालिका रहेकी छिन्। गम्भीर घाइतेमा चार जना पुरुष, एक जना महिला र तीन जना बालक रहेका छन्।

गत वर्षको साउनमा भएको जिप दुर्घटनामा एक बालिका, भदौमा भएको डोजर दुर्घटनामा एक पुरुष घाइते भएका थिए। असोजमा एउटा ट्रक, दुई ओटा जिप, एउटा ट्रयाक्टर र एउटा मोटरसाइकल गरी पाँच ओटा दुर्घटना भए। ती दुर्घटनामा परेर दुई पुरुष र दुई महिला गरी चार जना गम्भीर घाइते तथा तीन पुरुष, एक महिला र एक बालक सामान्य घाइते बने। कात्तिक महिनामा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुष घाइते भएका थिए।
मङ्सिरमा एउटा बस, एउटा जिप, दुई ओटा ट्रयाक्टर र दुई ओटा मोटरसाइकल गरी छ ओटा दुर्घटना हुँदा एक पुरुष र एक महिलाको मृत्यु भयो भने नौ जना पुरुष गम्भीर घाइते भए। पुस महिनामा जिप, ट्रयाक्टर र मोटरसाइकल गरी दुर्घटना हुँदा एक पुरुषको मृत्यु  र दुई पुरुष गम्भीर घाइते भएका थिए। माघमा एउटा बस र दुई ओटा मोटरसाइकल दुर्घटनामा परेर दुई जना पुरुषको मृत्यु भयो।

यस्तै, फागुन महिनामा एउटा जिप, एउटा ट्रयाक्टर र दुई ओटा मोटरसाइकल दुर्घटना हुँदा दुई पुरुष र एक बालक गरी तीन जनाको मृत्यु भएको थियो भने दुई जना पुरुष र एक जना महिला गम्भीर घाइते बने। चैतमा दुई ओटा जिप र एउटा ट्रयाक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको थियो भने एक महिला र एक पुरुष गम्भीर घाइते तथा एक बालक सामान्य घाइते भएका ट्राफिक प्रहरी प्रमुख निउरेले बताए।

गत वैशाखमा दुई ओटा मोटरसाइकल दुर्घटनामा पर्दा एक महिला र एक पुरुष गम्भीर घाइते भएका थिए। जेठमा दुई ओटा जिप, एउटा बस, एउटा ट्रयाक्टर र एउटा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुष र एक महिलाको मृत्यु भयो भने ती दुर्घटनामा परेर चार जना पुरुष, चार जना महिला र दुई जना बालक गरेर १० जना गम्भीर घाइते तथा एक बालक सामान्य घाइते बने। गत असारमा दुई ओटा बस र दुई ओटा मोटरसाइकल दुर्घटना हुँदा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्।

एक वर्षमा भएका ३० ओटा दुर्घटना ३८ ओटा सवारी साधनहरूको संलग्नता रहेको थियो। दुर्घटना बढी हुनेमा मोटरसाइकलहरू रहेका छन्। उक्त अवधिमा १४ ओटा मोटरसाइकल दुर्घटनामा पर्दा १० ओटा कार तथा जिप, सात ओटा ट्रयाक्टर, पाँच ओटा बस, एउटा डोजर र एउटा ट्रक दुर्घटनामा परेका छन्।

ट्राफिक प्रहरी प्रमुख निउरेले विगतको तुलनामा दुर्घटनामा कमी आउँदै गएको बताउँदै अबको वर्षमा ट्राफिक चेकजाँचलाई बढाएर यसमा पनि कमी ल्याउन प्रयास गरिने बताए।

thahakhabar

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive