साउन ९, २०७९
पर्वत : बाग्मती प्रदेशको राजधानी हेटौँडामा हालै सम्पन्न भएको काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस यूनियनको नवौँ केन्द्रिय महाधिबेसनबाट पर्वतका दुई जनाले केन्द्रिय समतिमा प्रतिनिधित्व गरेका छन्।
प्रेस यूनियन पर्वतकी अध्यक्ष समेत रहेकी माया अधिकारी र सचिव रहेका साजन परियार केन्द्रिय सदस्यमा चुनिएका हुन्। अधिकारी गण्डकी प्रदेश अन्तर्गत महिलामा सहमतिको आधारमा निर्विरोध केन्द्रिीय सदस्य बनेकी हुन्। लामो समयदेखि पत्रकारितामा संघर्ष गर्दै आएका मोफलसलको पनि सानो जिल्लामा रहेर पत्रकारिताको विकासको लागि गरेको योगदानका कारण उनीसँग प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरुले अधिकारीलाई पदीय जिम्मेवारी सुम्पेका हुन्। उनी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा काम गर्दै आइरहेकी छिन्।
सहमतिका माध्यमबाट निर्विरोध चयन गर्ने प्रयास असफल भएपछि दलिततर्फबाट दुई जना केन्द्रीय सदस्यको ठाउँमा तीन जनाको उम्मेदवारी परेको थियो। परियारले अन्य दुई जनालाई मात्रै जितेनन् की महाधिवेसनमा अत्यधिक भोट पाउनेमध्येको दोस्रो नै बन्न सफल भए। पत्रकारितामा खरो रुपमा देखा पर्ने गरेका उनले नौ सय ८८ मत प्राप्त गर्दै बिजयी बने। जबबी निर्वाचनमा कुल १३ सय ९३ मत खसेका थिए। यूनियनको नवौँ महाधिवेसनमा सबैभन्दा बढी मत खुल्ला केन्द्रिय सदस्य पदमा सरिता खनालले एक हजार २१ मत पाएकी छिन्।
परयार दलित संघ पर्वतको सहसचिव, फलेवास साप्ताहिकको सम्पादक, गण्डकी सन्चार अनलाईनका सम्पादक हुन्।