आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024

राष्ट्रपति पोखरा आउने भएपछि सुरक्षाका लागि प्रहरीको सक्रियता

पर्वत : पोखरामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि साउन ३१ गते मङ्गलवार पोखरा आउने भएकी छिन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार राष्ट्रपति भण्डारी सबैभन्दा पहिले होटल ग्रान्डीमा पुग्ने छिन । त्यसपछि बिन्दबासिनी मन्दिरमा दर्श गरेपछि बाटुलेचौरमा रहेको विन्दवासीनि विद्यालयको हिरक जयन्तीको उद्घाटन कार्यक्रममा सहभागी हुने छिन् । त्यसपछि भने गुरुङ जातीको महत्त्वपूर्ण चाडको रूपमा मनाइने ट्होटें पर्व मनाउन दिउसो करिब एक बजे नयाँ बजार स्थित तमु धिँ नेपालको प्राङ्गणमा जाने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीको पोखरा यात्रामा सुरक्षा सतर्कता बढाउनको लागि राष्ट्रपतिले यात्रा गर्ने र पुग्ने सबै ठाउँमा पुगेर गण्डकी प्रदेश प्रहरीले सुरक्षा सम्बन्धी अनुगमन तथा आवश्यक सरसल्लाह गरेका छन् । सुरक्षा सतर्कताको चाँजोपाँजो मिलाउन गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारी सहितका प्रहरी अधिकृतहरुको टोली नै कार्यक्रम स्थलहरुमा पुगेको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive