आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025

पोखराको कास्कीकोटमा दहीको होली खेलिँदै

पर्वत : सामान्यतया होली खेल्ने भन्नासाथ रङहरूको पर्व फागु पूर्णिमालाई सम्झिने गरिन्छ।

फागु पूर्णिमामा रङ्गीबिरङ्गी रङहरू छ्याप्दै साथीहरूबीचमा रमाएको याद आउँछ नै। तर यहाँ चाहीँ फागु पूर्णिमामा खेलिने रङहरूको होलीको कुरा भने गरिएको होइन।

विभिन्न परम्परा र संस्कृतिमा धनी रहेको पोखरा महानगरपालिका–२४ कास्कीकोटमा भने रङको स्थानमा आपसमा दही दलेर दहीको होली खेल्ने तयारी भइरहेको छ।

भगवान् श्रीकृष्णले दही धेरै मन पराएका कारण चोरेर पनि खाने गरेको धार्मिक किंवदन्ती छ। तिनै भगवान् श्रीकृष्णलाई खुशी पार्नको लागि आउँदो भदौ ४ गते परेको कृष्ण जन्माष्टमीको अवसरमा दहीको होली खेल्न लागिएको हो।

गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीका अनुसार जन्माष्टमीको अवसरमा श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरिएको छ। गएका वर्षहरूमा कोरोना कहरका कारण रोकिएको दही जात्रालाई यस वर्षबाट पुनः सञ्चालन गर्ने गरी तयारी भइरहेको छ।

यस वर्ष कोरोनाको प्रभाव कम रहेको र पछिल्ला दिनमा केही मात्रामा बढेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर जात्रा गरिने जनाइएकाे छ। दही जात्रामा यस पटक विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित भजन कीर्तनको आयोजना गरिएको छ।

जात्राका संयोजक ठाकुर प्रसाद त्रिपाठीका अनुसार गत ६ वर्ष अगाडिदेखि कास्कीकोटमा दही जात्रा निकाल्न सुरु गरिएको थियो। जात्रामा सहभागी हुने भजन कीर्तन तथा चुड्कामा उत्कृष्ट हुने सहभागीहरूलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ।

thahakhabar

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive