पर्वत : हरेक जिल्लामा डंगुका बिरामीहरुको सङ्ख्या बढ्दै गएपछि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना भइरहेका छन् । पर्वतमा पनि डेंगुको जोखिम रहेको भन्दै विभिन्न अभियानहरु चल्न थालिरहेको बेलामा बुधबार लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले सचेतनामूलक ¥याली सहितको कायक्रम सम्पन्न गरेको छ ।
डेंगुबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरुको बारेमा लेखिएका पर्चा वितरण गर्दै चिकित्सक सहितको ¥यालीले आम नागरिकलाई डेंगुबाट सचेत रहन भनिएको हो । डेंगु लाग्न सक्ने कारण, संक्रमण भइहालेमा अपनाउनुपर्ने बिधि लगायतको बारेमा माईकिङ गरेर आम नागरिकलाई स्वास्थ्य सुरक्षा सम्बन्धि जानकारी दिइएको हो ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका पदाधिकारी तथा सदस्य तथा स्वास्थ्यकर्मी सहित पर्वत अस्पतालबाट निस्किएको ¥याली बजारको बाटो हुँदै शिवालय चोकमा पुगेर औपचारिक सभामा परिणत भएको थियो । क्लबकी अध्यक्ष कल्पना कुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पर्वत अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. रुक्मीणा अधिकारीले सङ्क्रमित व्यक्तिको सम्पर्कमा जाँदा यो रोग नसर्ने तर सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा सर्ने भएकाले लामखुट्टेको टोकाईबाट जोगिनु नै बलियो उपाय भएको बताईन् । सङ्लो र सफा पानीमा बस्ने लामखुट्टेका माध्यमबाट यसका किटाणुहरु फैलिने भएकाले सफा पानी जमेको ठाउँका खाल्डाखुल्डी पुर्ने, टायरमा वा अन्य भाँडामा जमेको पानी फाल्ने लगायतका सुरक्षात्मक उपाय अपनाउन उनको सुझाव छ ।
डेंगु रोग सार्ने लामखुट्टेले सफा पानीमा मात्रै फूल पार्ने भएकाले केही दिनदेखि जम्मा गरेर राखेको पानी डेंगुका लागि जोखिमयुक्त हुने डा. अधिकारीको भनाई छ । डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भएकाले सुत्ने बेलामा झुल टाँगेर सुत्ने, लामखुट्टेले टोक्न नसक्ने गरी शरीर ढाक्ने खालका कपडाहरू लगाउने लगायतका पूर्व सावधानी अपनाउनुपर्ने पनि उनले बताईन ।
क्लबका कार्यक्रम संयोजक उमाकान्त तिवारीका अनुसार सोही अवसरमा डा. अधिकारी क्लबको तर्फबाट मायाको चिनो समेत दिएर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सचिब सुभन्तनाथ सूबेदीले गरेका थिए ।
डेंगु बिरुद्धको सचेतना अभिायानमा लायन्स क्लब अफ पर्वत गुप्तेश्वर
भदौ २२, २०७९
