पर्वत : विजया दशमीको अवसर पारेर जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको काहुले यूवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सहितको दसैँ मेलाको आयोजना हुने भएको छ ।
क्लबका अध्यक्ष मनोज गुरुङका अनुसार असोज १३ गतेदेखि १६ गतेसम्म गरी चार दिनसम्म सञ्चालन हुने दसैँ मेलामा वडा स्तरीय स्वर्गीय ओम बहादुर गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । सरस्वती आधारभूत विद्यालय नैचे काहुलेको प्राङ्गणमा मेलाको आयोजना गरिएको हो ।
भलिबल प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, दोस्रोले ३० हजार र सेमी फाइनलमा प्रवेश गरेका दुई समूहलाई १०÷१० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले असोज १३ गते बिहान ११ देखि साँझ ६ बजेसम्ममा दर्ता शुल्क ५ हजार रुपैयाँ तिरेर समस्ह दर्ता गर्न आयोजकले अनुरोध गरेको छ ।
वडा स्तरमा हुने खेल टी.टी प्रणालीमा खेलाइने र खेलाडीहरुलाई पोटास परेमा पोटास शुल्क ५ हजार रुपैयाँ लाग्ने पनि काहुले यूवा क्लबले बताएको छ । खेलमा विवाद आउन नदीनको लागि खेलाडीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाण पत्र अनिवार्य राखेको हुनुपर्ने भनिएको छ ।
काहुले यूवा क्लबको आयोजनामा ५० हजार राशीको भलिबल प्रतियोगिता हुने
