बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्वत ट्राफिकद्धारा चाडपर्व लक्षित सवारी जाँच सुरु

भदौ २३, २०७९

पर्वत : चाडबाडको समय सुरु भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बजारबाट बिकेन्द्रित सवारीको छड्के जाँच तथा परीक्षण अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार बुधबार कुश्मा–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–१० पिपलटारीको शिल्मीचोकमा सवारीहरुको जाँच गरिएको हो । प्रहरी नायव निरीक्षक निउरेको कमाण्डमा रहेको ६ जनाको प्रहरी टोलीले सवारी साधनहरुको भौतिक अवस्था, सवारी चालकका कागजात तथा क्षमता अनुसार यात्रुहरु राखे वा नराखेको विषयमा छड्के अनुगमन गरिएको थियो ।
ट्राफिक प्रहरीले बिभिन्न सवारी साधनहरुका व्यावसायिक सवारी चालक, परीचालक तथा सवार यात्रुहरु गरी जम्मा ६० जनालाई “सडक सुरक्षा सचेतना कार्यक्रम” पनि सम्पन्न गरेको थियो । चाडबाडको बेलामा क्षमताभन्दा बढी यात्रु राख्ने, भाडा असुलीमा मनलाग्दी गर्न सक्ने, यात्रुहरुका सामाग्रीहरु साटीने तथा चोरी हुन सक्ने लगायतका समस्याहरु आउन सक्ने भएकाले ग्रामिण क्षेत्रमा पनि छड्के उपस्थिति हुन थालेको प्रहरी नायव निरीक्षक निउरेको भनाई छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive