बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

सकिए पर्वत जेसिजका सप्ताहब्यापी कार्यक्रमहरु

भदौ ३०, २०७९

पर्वत : विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै पर्वत जेसिजले आफ्नो सप्तहाब्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ।
‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ भन्ने नाराका साथ समाजसेवामा लागेको यूवाहरुको संलग्न जेसिजले मानविय सेवामा समर्पित युवाहरुको सहकार्यमा समस्यामा परेकाहरुलाई गर्ने सहयोगदेखि सचेतनामूलक कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ।
वर्ष २०२२ को जेसीज सप्ताह अन्तर्गत यस वर्ष भाद्र २३ देखि २९ गते सम्म विभिन्न रचनात्मक कार्य गर्दै सप्ताह सम्पन्न भएको हो। जेसिज सप्ताहका मुल संयोजक विष्णु प्रसाद तिवारीका अनुसार भाद्र २३ गते कार्यक्रम उद्घाटन तथा सचिवालय व्यवस्थापन, २४ गते महिला हिंसा विरुद्ध सम्बन्धी सचेतना तथा कानुनी उपचार कार्यक्रम, २५ गते सरसफाई, गोडमेल तथा वृक्षरोपण संरक्षण कार्यक्रम, २६ गते लागुपर्दाथ दुव्र्यसनी विरुद्ध कार्यक्रम, २७ गते जेसीज गाँउ चुवामा स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रम, २८ गते नेतृत्व विकास तालिम र २९ गते समापन तथा एकल महिला उद्यमी सम्मान कार्यक्रम गरिएको हो।
एकल महिला उद्यमी सम्मान अन्तर्गत कुश्मा नगरपालिका–५ की पाउरोटी उद्योगी यामकुमारी अधिकारी र टेम्पो चालक ढिलकुमारी नेपालीलाई सम्मान गरिएको छ। सम्मानित महिलाहरु आफैले केही गर्नुपर्छ भन्ने मान्यता राख्ने र समाजका उदारहणीय पात्र भएकाले सम्मान गरिएको पर्वत जेसीज २०२२ का अध्यक्ष उषा चापागाईले बताईन। त्यस्तै सम्मानित महिलाले पर्वत जसीजले गरेको सम्मानले आफुहरुले गरेको दुख भुलाईदिएको र काम गर्न थप उर्जा मिलेको बताएका छन्।
अन्तिम दिनको कार्यक्रम ‘एकल महिला उद्यमी सम्मान तथा समापन’ कार्यक्रमका संयोजक अच्युत पौडेलका अनुसार अन्तिमको दिनको कार्यक्रममा एक हप्तासम्म गरिएका कार्यक्रमहरुको समीक्षा पनि गरिएको छ। जेसिजले राखेको सामाजिक सेवाको उद्धेश्य अनुसार हरेक कार्यक्रमहरुले सामाजिक रुपान्तरण र सक्रियतामा उपलब्धि हासिल गरेको उनले बताए।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive