पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारको एक होटेलबाट नगद र सामान चोरी गरेको आरोप लागेका एक व्यक्ति घटनाको तीन महिनापछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार कुश्मा नगरपालिका–३ मा बस्दै आएका १९ वर्षिय आशिक सुनारको संलग्नता रहेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो । गत जेठ २५ गते कुश्मा नगरपालिका–७ खरेहामा रहेको होटेल ब्रिज भ्युबाट नगद एक लाख ८० हजार र लेनोभो कम्पनीको एउटा ट्याब्लेट चोरी भएको थियो ।
चोरीको विषयमा खोजतलास गरिरहेको अवस्थामा घटना लगत्तै सुनार फरार रहनुले उनको बारेमा नै प्रहरीले अध्ययन गरिरहेको थियो । खोजतलासकै क्रममा बुधवार खरेहाबाटै आशिकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राउतले बताए। होटेलका सञ्चालकको जाहेरीको आधारमा आरोपितका विरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025